site stats
बाह्रखरी :: Baahrakhari
विदेश
अमेरिकाको टेक्ससमा बाढी, २४ जनाको मृत्यु, २५ बालबालिका सम्पर्कविहीन
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । अमेरिकाको टेक्सस राज्यमा आएको भीषण बाढीबाट कम्तीमा २४ जनाको मृत्यु भएको छ । केर काउन्टीमा आएको बाढीका कारण २५ भन्दा बढी बालबालिका सम्पर्कविहीन रहेको सरकारी अधिकारीहरूले जनाएका छन् ।
 
मृतकको संख्या अझ बढ्नसक्ने काउन्टीका प्रहरी अधिकारी लेरी एल. लाइथाले बताइन् ।
 
यसैबीच, कार्यवाहक गभर्नर ड्यान प्याट्रिकले केर काउन्टीस्थित क्याम्प मिस्टिक नामक बालिका शिविरमा २३ देखि २५ बालिका सम्पर्कविहीन रहेको बताएका छन् ।
 
अहिलेसम्म २३७ जनाको उद्धार गरिसकिएको समाचारमा उल्लेख छ ।

धेरै स्थानमा आकस्मिक बाढीको घोषणा गरिएको छ । अझै केही समय मौसममा सुधार हुने सम्भावना नभएको समाचारमा उल्लेख छ । धेरै ठाउँहरूमा मुसलधारे वर्षा भइरहेकाले साँझसम्म बाढीको जोखिम उच्च रहेको बताइएको छ ।

सुरक्षा अधिकारी, उद्धारकर्मी र स्थानीय प्रशासन सक्रिय रूपमा बाढीपीडितहरूको उद्धार र खोजी कार्यमा खटिएका छन् । स्थानीय जनतालाई सतर्क रहन र सुरक्षित स्थानमा बस्न आग्रह गरिएको छ । बीबीसी

प्रकाशित मिति: शनिबार, असार २१, २०८२  ०९:००
प्रतिक्रिया दिनुहोस्