site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
काठमाडौंको शंखपार्क आज सर्वाधिक प्रदूषित, नौ सहर अस्वस्थकर 
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । काठमाडौंको शंखपार्क आज सर्वाधिक प्रदूषित बनेको छ । वातावरण विभागका अनुसार, आइतबार मध्याह्न १२ बजे शंखपर्कको वायुको गुणस्तर ‘एयर क्वालिटी इन्डेक्स’ (एक्यूआई) १७२ पुगेको छ ।
 
शंखपार्कसहित काठमाडौं उपत्यकाका पाँच स्थान अस्वस्थकर छन् । रत्नपार्क, भक्तपुर, ललितपुरको खुमलटार, भैँसेपाटीमा वायु प्रदूषण बढेको छ । ती स्थानको एक्यूआई १६४ देखि १६८ सम्म छ । 

काठमाडौं उपत्यकाबाहिर चितवनको भरतपुरको एक्यूआई सबैभन्दा धेरै (१६३) छ । सोही समयमा मकवानपुरको हेटौँडामा एक्यूआई १५७, कैलालीको धनगढीमा १५५ र काभ्रेको धुलिखेलमा १५३ पुगेको छ । 

स्वास्थ्यका दृष्टिकोणले यी नौ सहर अस्वस्थकरको सूचीमा छन् । पीएम (पर्टिकुलेट म्याटर) २.५ भने सबैभन्दा धेरै हेटौँडामा देखिएको छ । हेटौँडामा सो मात्रा बढेर ९५.३ माइक्रोग्राम प्रतिघनमिटर पुगेको विभागको रेकर्ड छ । शंखपार्कमा भने यो मात्रा ९२.३ छ ।
 
वायुको गुणस्तर मापदण्डअनुसार, एक्यूआई ५० सम्मको वायु स्वस्थकर हुन्छ । त्योभन्दा बढी भए अस्वस्थकर हुँदै जान्छ ।

एक्यूआई १०१ देखि १५०को वायु बालबालिका, वृद्धवृद्धा र दीर्घरोगीका निम्ति अस्वस्थकर हुन्छ । १५१ देखि २०० सम्म पुगेमा सबैका निम्ति अस्वस्थकर हुन्छ । 

२०१ देखि ३०० सम्म पुगेमा ‘अति अस्वस्थकर’ र त्योभन्दा माथि भएमा ‘खतरनाक’ बन्दै जाने डब्ल्यूएचओको मापदण्ड छ ।

पीएम १० र पीएम २.५ वायुको गुणस्तरका मुख्य मापक हुन् । पीएम २.५ को मात्रा ५ माइक्रोग्राम प्रतिघनमिटरभन्दा माथि भए वायु अस्वस्थकर हुने विश्व स्वास्थ्य संगठनको मापदण्ड छ ।

पीएम २.५ ले वायुमा मिसिएका आँखाले देख्न नसकिने २.५ माइक्रोनभन्दा साना कण, कार्बनमोनोअक्साइड, सल्फर, नाइट्रोजन अक्साइडको मात्रालाई बुझाउँछ । पीएम १० ले हावामा धुलोका कणको मापन गर्छ ।

पीएम २.५ ले वायुमा मिसिएका आँखाले देख्न नसकिने २.५ माइक्रोनभन्दा साना कण, कार्बनमोनोअक्साइड, सल्फर, नाइट्रोजन अक्साइडको मात्रालाई बुझाउँछ । पीएम १० ले हावामा धुलोका कणको मापन गर्छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन ४, २०८१  १२:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro