site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कविताकृति ‘प्रेमको आदिम गीत’ सार्वजनिक 

काठमाडौं । प्रणय दिवसको अवसर पारेर नयाँ कविताकृति ‘प्रेमको आदिम गीत’को लोकार्पण गरिएको छ । 

संग्रहभित्रका ११ कविहरू विश्व सिग्देल, भीष्म उप्रेती, रमी प्रिया, धीरकुमार श्रेष्ठ, चन्द्रबहादुर लामा, विधान आचार्य, सुमन थापा संगम, सञ्जय सुमन, टंक उप्रेती, दिलकुमारी डंगोल र ईश्वर थोकरले पुस्तक सार्वजनिक गरे । 

यस कविताकृतिमा ११ जना कविका ३३ वटा कविताहरू समावेश गरिएको छ । कृतिमा नेपाली र अंग्रेजी दुवै भाषामा कविता राखिएका छन् । नेपाली भाषामा लेखिएका यी कविताहरूलाई चन्द्रबहादुर लामाले अंग्रेजीमा अनुवाद गरेका हुन् । 

अकाल कुसुम, काभ्रेले प्रकाशित गरेको यो कवितासंग्रहमा प्रेमका कोमल भावनाहरू बगेको बताइएको छ ।

वर्तमान कविता समूहले आयोजना गरेको कार्यक्रमको अर्को चरणमा प्रेम कविता वाचन गरियो । कविहरू रामगोपाल आशुतोष, किशोर पहाडी, स्नेह सायमी, रजनीमिला, लक्ष्मी माली, विणा नेम्कुललगायतले कविता वाचन गरेका थिए । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन ४, २०८१  ०९:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro