site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पूर्वराष्ट्रपतिको सामाजिक सक्रियता स्वाभाविक : शंकर पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारले जारी गरेको अध्यादेश सबै राजनीतिक दलकै सहमतिमा पारित हुने दाबी गरेका छन् । 

शनिबार विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै पोखरेलले सबै राजनीतिक दलहरूले घोषणापत्रमा समावेश गरेको आर्थिकलगायतका क्षेत्रको सुधार गर्न अध्यादेश ल्याइएको भन्दै उनले सबै राजनीतिक दलकै सहमतिमा अध्यादेश पारित हुने दाबी गरे । 

महासचिव पोखरेलले सरकारले आवश्यकताका आधारमा ल्याएको अध्यादेशमा सबै राजनीतिक दलको सहमति हुने जिकिर गरे । उनले अध्यादेशविरुद्ध रहेका असहमतिका विषयमा छलफल गरेर अघि बढ्ने बताए । त्यस्तै, महासचिव पोखरेलले सबै राजनीतिक दलको सहमतिमा नै संविधान संशोधन गरिने स्पष्ट पारे । 

फरक प्रसंगमा एमाले महासचिव पोखरेलले पूर्वराष्ट्रपतिको सामाजिक सक्रियतालाई स्वाभाविक नै ठानेको र अहिलेसम्म राजनीतिक सहभागिताबारे निर्णय गरिनसकेको धारणा राखे ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको राजनीतिमा फर्किने चर्चाका बीच एमाले महासचिवको यस्तो धारणा आएको हो । भण्डारी एमालेमा फर्कन हुने कि नहुने भन्नेमा एमालेभित्रै दुईथरी मत छ । 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, फागुन ३, २०८१  २०:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro