site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मौसमविद्लाई प्रश्न– काठमाडौंमा पनि आज पानी पर्छ ? 

काठमाडौं । नयाँ प्रणाली विकास हुँदा देशका केही भूभागमा आज वर्षाको सम्भावना छ । 

विभागले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, वाग्मती र कोसी प्रदेशका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना रहेको जनाएको छ ।  

आज बिहानीपखबाट भित्रिएको पश्चिमी वायु र पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण वर्षाको सम्भावना रहेको मौसमविद् रोजन लामिछाने जानकारी दिए । 

उनका अनुसार आज काठमाडौंमा पनि वर्षाको सम्भावना रहेको छ । काठमाडौंमा बिहानैदेखि आंशिक बदली रहेको छ । 

“काठमाडौंमा आज दिनभर मौसम आंशिक बदली रहनेछ । दिउँसो बदली भए पनि वर्षा भने हुने छैन,” मौसमविद् लामिछाने अगाडि थप्छन्, “राति पनि बदली हुनेछ । राति काठमाडौंका केही स्थानमा छिटपुट वर्षाको पनि सम्भावना देखिएको छ ।” 

काठमाडौंमा वर्षाको सम्भावना रहे पनि न्यून रहेको र केही स्थानमा मात्रै छिटपुट पानी पर्ने उनले प्रष्ट पारे । नयाँ प्रणाली विकास भए पनि यो कमजोर रहेकाले धेरै वर्षा नहुने उनले बताए । 

आज बिहान विकास भएको यो प्रणाली भोलि (आइतबार)बाट नै निकै कमजोर हुने मौसमविद् लामिछाने बताउँछन् । 
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, फागुन ३, २०८१  १०:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro