साहित्य

ओम आचार्य
छँदै छैन प्याला भरेको तमासा
न देखिन्छ छरेको निराशा ।
मुना छैन पत्ता पलाएन यौटै
उड्यो दीप्त ऊर्जा नभेटेर भाषा ।
चिताभित्र काया धुवाँ उड्छ जल्दै
दिएको छ पीडा सधैँ झुक्छ आशा ।
बिते काल धेरै उडे स्वप्न पूरै
गरे घात सारा छलाएर पासा ।
घरी आँसु खस्ने परेली भिजाई
कथा ओम सुन्दै व्यथा लेख्छ मासा ।
(अर्घाखाँची)
प्रकाशित मिति: शनिबार, फागुन ३, २०८१ १०:२२
प्रतिक्रिया दिनुहोस्