site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
अमेरिकी उपराष्ट्रपति वान्सको सम्बोधनपछि किन छायो सन्नाटा ?

काठमाडौं । अमेरिकी उपराष्ट्रपति जेडी वान्सले युरोपेली देशहरूको लोकतान्त्रिक प्रणालीमाथि आलोचना गरेका छन् । उनले युरोपलाई सबैभन्दा ठूलो खतरा रुस र चीनबाट नभई ‘आफैबाट’ भएको टिप्पणी गरेका छन् ।

म्युनिख सुरक्षा सम्मेलनको सम्बोधनमा उनले युक्रेन युद्ध अन्त्य गर्न सम्भावित वार्ताको बारेमा छलफल गर्ने अपेक्षा गरिएको थियो । 

Dabur Nepal
NIC Asia

तर, वान्सले भाषणको अधिकांश समय युरोपेली सरकारहरूलाई आफ्ना मूल्यमान्यताहरूबाट पछि हटेको, आप्रवासन र अभिव्यक्ति स्वतन्त्रतामा नागरिकको चिन्तालाई बेवास्ता गरेको आरोप लगाउँदैमा बिताए ।

वान्सको भाषणपछि हलमा सन्नाटा छाएको थियो । उनको भाषणपछि धेरै नेताहरूले यसको निन्दा गरे । 

जर्मन रक्षामन्त्री बोरिस पिस्टोरियमले ले वान्सको आरोप ‘स्वीकार्य छैन’ भने । 

युरोपले आफ्नो सुरक्षाको रक्षा गर्न प्रमुख कदम चाल्नुपर्छ भन्ने ट्रम्प प्रशासनको मान्यतालाई वान्सले दोहोर्‍याएका थिए । 

वान्सले आफ्नो भाषणमा युक्रेन युद्धबारे निष्पक्ष सम्झौता हुनेमा आशंका व्यक्त गरे । यद्यपि, आशा गर्नुपर्ने उनको भनाइ थियो ।  

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उनी र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन शान्ति वार्ता सुरु गर्न सहमत भएको यसअघि बताइसकेका छन् । बीबीसी 
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शनिबार, फागुन ३, २०८१  ०९:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro