site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रहरी कुटिएको सीसीटीभी फुटेज बाहिर सार्वजनिक गर्ने प्रहरीमाथि नै छानबिन

काठमाडौं । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुका नेताबाट प्रहरी कुटिएको सीसीटीभी फुटेज सार्वजनिक गर्ने प्रहरीमाथि छानबिन सुरु भएको छ ।

राजनीतिक दलका नेताहरूको दबाबमा प्रहरी प्रधान कार्यालयले अनुसन्धान गर्न लिखित पत्राचार गरेका छन् । उपत्यका प्रहरी कार्यालय रानीपोखरीलाई अनुसन्धानका लागि पत्र पठाएको हो ।

रानीपोखरीले जिल्ला प्रहरी परिसर काठमाडौंलाई अनुसन्धान गर्न निर्देशन दिएको छ ।

सीसीटीभी फुटेजका कारण प्रहरीमाथि दबाब बढेपछि बिहीबार अनेरास्ववियु नेता कमल जोशी पक्राउ परेका थिए ।

गएको माघ २४ गतेको राति काठमाडौंको ठमेलमा ड्युटीमा खटिएका दुई प्रहरीमाथि कुटपिट भएको थियो ।

सोही घटनामा ताप्लेजुङको फुङलिङ नगरपालिका–१ घर भएका २६ वर्षीय दिनेश सिग्देल र डडेल्धुराको गन्यापधुरा गाउँपालिका–५ का २२ वर्षीय रमेश फुलारा आइतबार पक्राउ परेका थिए ।

उनीहरूले प्रहरी वृत्त दरबारमार्गमा कार्यरत प्रहरी हवल्दार जगुलाल चौधरी र जवान नगेन्द्रराज विष्टमाथि कुटपिट गरेका थिए ।

मोटरसाइकलसहित प्रहरीको क्विक रेस्पोन्स टिम (क्यूआरटी)मा खटिएका उनीहरू मध्यराति कुटिएका थिए । जोशीसहितका युवाहरूले उनीहरू सवार मोटरसाइकल समेत तोडफोड गरेका थिए ।

 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, फागुन २, २०८१  २२:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro