site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
‘नेपाली–हिन्दी साहित्यका सेतु : दुर्गाप्रसाद श्रेष्ठ’ लोकार्पित

काठमाडौं । जनकपुरमा जन्मेर बनारसमा हुर्किएका नेपाली भाषी साहित्यकार, साहित्यिक पत्रिका ‘उदय’का सम्पादक दुर्गाप्रसाद श्रेष्ठको जीवन तथा उनका विषयमा लेखिएका आलेखहरूको सँगालो ‘नेपाली–हिन्दी साहित्यका सेतु : दुर्गाप्रसाद श्रेष्ठ’ एक कार्यक्रमकाबीच लोकार्पित भएको छ ।

शुक्रबार बागबजारमा आयोजित कार्यक्रममा प्रमुख अतिथि सिक्किमेली साहित्यकार थिरुप्रसाद नेपाल, रोचक घिमिरे, डा. तुलसी भट्टराई, प्रा.डा. गोविन्दराज भट्टराई र दुर्गाप्रसाद श्रेष्ठले पुस्तक सार्वजनिक गरे ।

पुस्तक सार्वजनिक गर्दै प्रमुख अतिथि नेपालले आफू पारिवारिक यात्रामा काठमाडौं आएको बताउँदै यसरी साहित्यिक यात्रामा पनि सहभागी हुन पाएकोमा खुसी व्यक्त गरे ।

डा. तुलसी भट्टराईले नेपालीसँगै हिन्दी साहित्यमा पनि सक्रिय श्रेष्ठकाबारेमा बताउँदै उनले २० को दशकमा नेपाल सरकारमा जागिर खाएको उल्लेख गरे । केही वर्षको नेपाल बसाइँपछि बनारस फर्किएर ‘उदय’को सम्पादन गर्दै साहित्य लेखनमा श्रेष्ठ निरन्तर सक्रिय रहेको उनले बताए ।

अग्रज साहित्यिक पत्रकार रोचक घिमिरेले श्रेष्ठको किताब आउनु आफ्ना लागि अपार आनन्दको विषय भएको बताए । साहित्यकार श्रेष्ठले आफ्नो रगतमै साहित्य बगेको बताउँदै आफ्नो लेखन तथा पत्रकारिता यात्राबारे जानकारी गराए ।

प्रा.डा. गोविन्दराज भट्टराईले सार्वजनिक पुस्तकमा श्रेष्ठको जीवनदेखि इतिहाससम्म समेटिएको उल्लेख गर्दै यो ऐतिहासिक दस्तावेज भएको चर्चा गरे ।

कार्यक्रममा प्रा.डा. कुमारप्रसाद कोइराला, नारायणप्रसाद शर्मा, हरि गौतमले बोलेका थिए । पुस्तक ओरिएन्टल पब्लिकेसनले बजारमा ल्याएको हो ।

प्रकाशित मिति: शुक्रबार, फागुन २, २०८१  २०:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro