site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सामुदायिक वनमा आगो लगाउने दुईजना पक्राउ
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेपाल प्रहरीले सामुदायिक वनमा आगो लगाउने दुई व्यक्तिलाई पक्राउ गरेको छ । गत माघ २९ गते बिहान ११ः३० बजे पर्वतको कुश्मा–१४को बगालथोकस्थित ठूलढुंगा सामुदायिक वनमा आगलागी भएको घटनामा खोजतलासीका क्रममा दुई व्यक्ति पक्राउ परेका हुन् । 

पक्राउ पर्नेमा सोही स्थानका २६ वर्षीय सुवास पौडेल र ३१ वर्षीय रमेश पौडेल छन् । उनीहरूलाई माघ २९ गते दिउँसो २ बजेको समयमा पक्राउ गरी माघ ३० गते आवश्यक कारबाहीका निम्ति डिभिजन वन कार्यालय पर्वत पठाइएको प्रहरी निरीक्षक सुमित श्रेष्ठले जानकारी दिए ।

कसैले वन जंगलमा आगलागी गराएको थाहा पाएमा तुरुन्त नजिकको प्रहरी कार्यालयमा वा १०० मा सम्पर्क गर्न प्रहरीले आग्रह गरेको छ । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन २, २०८१  १९:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro