site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
स्पिड फेस्ट २०२५ मा बजाज, केटिएम र ट्रायम्फ सहभागी हुँदै 

काठमाडौं । यही फागुन ३ गते शनिबारका दिन एलिस रिसेप्सन, बालुवाटारमा आयोजना हुन लागेको स्पिड फेस्ट २०२५ मा ७० भन्दा बढी सुपरबाइकको विशेष प्रदर्शनी हुने भएको छ । 

साथै यस स्पिड फेस्टमा हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिद्वारा वितरित बजाज, केटिएम र ट्रायम्फ ब्रान्डका मोटरसाइकलहरूको विशेष सहभागिता रहनेछ ।

यी मोटरसाइकलहरू आफ्नो उत्कृष्ट प्रदर्शन, पावर र नयाँ प्रविधिका कारण बाइकप्रेमीहरू माझ लोकप्रिय छन् । यस इभेन्टले मोटरसाइकल उत्साहीहरूका लागि रोमाञ्चक अनुभव प्रदान गर्नेमा आयोजकहरू विश्वस्त रहेका छन् ।

स्पिड फेस्ट २०२५ नेपालकै सबैभन्दा ठूलो मोटरसाइकल उत्सव हुने आयोजकले बताएका छन् । जसमा हजारौँ मोटरसाइकल प्रेमी र उद्योगी व्यवसायीको सहभागिता रहनेछ ।

कार्यक्रममा सुपरबाइक प्रदर्शनी, ग्रान्ड बाइक ¥याली, नयाँ मोडलको लन्च, टेस्ट राइड सेसन तथा नेपालका चर्चित ब्याण्डहरू द एलिमेन्ट्स र रकहेड्सको प्रत्यक्ष सांगीतिक प्रस्तुति समेत समावेश रहेको छ ।

स्पिड फेस्ट २०२५ ले नेपालका मोटरसाइकल उत्साहीहरूलाई रोमाञ्चक अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन २, २०८१  १९:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro