site stats
बाह्रखरी :: Baahrakhari
देश
वैदेशिक रोजगारीका नाममा ठगी : धादिङका दिनेश अधिकारी पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले वैदेशिक रोजगारीका निम्ति युके पठाइदिने बहानामा ठगी गर्ने एक व्यक्तिलाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा हाल काठमाडौं जिल्ला तारकेश्वर नपा ५ बस्ने धादिङ जिल्ला त्रिपुरासुन्दरी गापा ३ का ५३ वर्षीय दिनेश अधिकारी छन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

निजले युके लैजाने भन्दै पीडितबाट बत्तीस लाख सन्ताउन्न हजार लिएको र लामो समयसम्म विदेश नपठाई सम्पर्कविहीन भएकोमा पीडितले दिएको जाहेरी दरखास्त उपर अनुसन्धानका क्रममा पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

अधिकारीलाई बिहीबार काठमाडौं जिल्ला कामनपा २६ बाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका निम्ति वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका सूचना अधिकारी प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए ।  

प्रकाशित मिति: शुक्रबार, फागुन २, २०८१  १८:३९
प्रतिक्रिया दिनुहोस्