site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ओमान जाँदै परराष्ट्रमन्त्री राणा 
आरजु राणा देउवा । फाइल तस्बिर ।

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवा चार सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शुक्रबार (फागुन २) ओमान जाने भएकी छन् । उनी फेब्रुअरी १४ देखि २० सम्म मस्कटमा आयोजना गरिने ‘आठौँ हिन्द महासागर सम्मेलन’मा सहभागी हुन त्यसतर्फ जान लागेकी हुन् ।

ओमानका विदेशमन्त्री सय्यद बद्र बिन हमद बिन हमुद अल बुसैदीको निमन्त्रणामा उनी सम्मेलनमा सहभागी हुन लागेकी छन् । भ्रमणमा बेला परराष्ट्रमन्त्री राणाले ‘ग्लोबल साउथको आवाजलाई प्रवद्र्धन गर्ने’ एक सम्मेलनमा सम्बोधन गर्ने कार्यक्रम छ ।

मस्कटमा रहँदा उनले ओमानका विदेशमन्त्री, ऊर्जा तथा खनिजमन्त्रीसँग द्विपक्षीय भेटघाट र पारस्परिक सहयोगका केही सम्झौतापत्रमा हस्ताक्षर पनि गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मस्कटमा रहँदा उनले खाडी राष्ट्रमा रहेका नेपाली राजदूत र मिसन प्रमुखहरूसँग भर्चुअल बैठक गर्ने कार्यक्रम समेत छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, फागुन २, २०८१  १३:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro