site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
अमेरिकामा अवैधरूपमा बसोबास गर्ने भारतीयबारे मोदीले ट्रम्पसँग के भने ?

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । ह्वाइट हाउसमा द्विपक्षीय वार्तापछि मोदी र ट्रम्पले संयुक्त पत्रकार सम्मेलन गरेका छन् । 

पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकामा अवैध रूपमा बसोबास गरिरहेका भारतीयहरूलाई फिर्ता लैजाने बताएका छन् । 

उनले भने, “यस विषयमा हाम्रो विचार एउटै छ । यदि, अमेरिकामा अवैधरूपमा बसोबास गर्ने भारतीय नागरिकको पुष्टि भयो भने हामी उनीहरूलाई भारत फिर्ता लैजान पूर्णरूपमा तयार छौँ ।”

केही आप्रवासीहरूलाई मानव तस्करहरूले अमेरिका लैजाने र त्यस्ता युवा स्वयंले थाहा नपाउने गरेको मोदीको भनाइ छ । 

मोदीले भने, “यसरी अमेरिका पुग्नेमा धेरै सामान्य परिवारका बालबालिका छन् । उनीहरूलाई ठूला सपना देखाइन्छ र ठूला वाचा गरिन्छ ।”

उनले अवैध रूपमा अमेरिका प्रवेश गराउनेहरूलाई कारबाही गर्न आवश्यक रहेको बताए । 

ट्रम्पले राष्ट्रपतिको पदभार ग्रहण गरेपछि अमेरिकाले सैन्य विमानमार्फत कागजात नभएका भारतीय आप्रवासीसहित विदेशी नागरिकलाई आफ्नै देश फिर्ता पठाइरहेको छ । बीबीसी
 

प्रकाशित मिति: शुक्रबार, फागुन २, २०८१  ०७:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro