काठमाडौं । घरेलु मैदानमा हुने चारदेशीय महिला फुटबल च्याम्पियनसिपका निम्ति नेपाली राष्ट्रिय महिला टिमको घोषणा भएको छ ।
नेपाली टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले बिहीबार २३ सदस्यीय नेपाली टिम सार्वजनिक गरेका हुन् । नेपाली टिममा अधिकांश साफ च्याम्पियनसिप खेलाडीले निरन्तरता पाएका छन् ।
नेपाली टिममा साफ खेलेका चार खेलाडीले भने स्थान बनाउन सकेनन् । जसमा हिराकुमारी भुजेल, अमिषा कार्की, दीपा शाही र सजनी थोकर छन् । उनीहरूको स्थानमा चन्द्रा भण्डारी, रेनुका हमाल, सुष्मा तामाङ र मनमाया दमाईले स्थान बनाएका छन् । सुस्मा पहिलो पटक राष्ट्रिय टिममा परेकी हुन् ।
फेब्रुअरी १७ देखि सुरु हुने प्रतियोगिताको पहिलो खेलमा नेपालले किर्गिस्तानविरुद्ध खेल्ने तालिका छ । यस्तै, नेपालले फेब्रुअरी २० मा लेबनानविरुद्ध खेल्नेछ । नेपालले लिग चरणको अन्तिम खेलमा म्यानमारविरुद्ध फेब्रुअरी २३ मा प्रतिस्पर्धा गर्नेछ ।
प्रतियोगिताको फाइनल खेल फेब्रुअरी २६ मा हुने तालिका छ ।
नेपाली टिम
गोलकिपर : अञ्जिला तुम्बाप्पो सुब्बा, अञ्जना रानामगर, उषा नाथ
रक्षक : अमृता जैसी, गीता रानामगर, विमला विक, पुजा राना, निशा थोकर, समिक्षा घिमिरे, विमला चौधरी, मनमाया दमाई
मिडफिल्डर : अनिता बस्नेत, रेनुका नगरकोटे, प्रीति राई, सरु लिम्बु, सविता रानामगर, रेनुका हमाल, सुस्मा तामाङ
फरवार्ड : सावित्रा भण्डारी, रश्मीकुमारी घिसिङ, चन्द्रा भण्डारी, अनिता केसी, रेखा पौडेल