site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
‘चिकित्साका चौध तारा’माथि सुनकोशीको विमर्श 

काठमाडौं । लेखक तथा पत्रकार राजेश खनालको ‘चिकित्साका १४ तारा’ पुस्तकबारे सुनकोशी वाङ्मय प्रतिष्ठानले विमर्श गरेको छ । बिहीबार काठमाडौंमा एक कार्यक्रम गर्दै चिकित्सक तथा साहित्यकारहरूले पुस्तकमाथि चर्चा गरेका हुन् । 

प्रतिष्ठानले पहिलो कार्यक्रममै चिकित्सा क्षेत्रको कृतिमाथि विमर्श गरेको हो । पुस्तकमा नेपालको चिकित्सा सेवा क्षेत्रमा अग्रसर १४ जना अग्रज डाक्टरहरूको भूमिका, संघर्ष र तत्कालीन अभ्यासबारे चर्चा गरिएको छ ।

Dabur Nepal
NIC Asia

चिकित्सा, साहित्य र राजनीति हिजो पनि सँगसँगै थियो र अहिले पनि कसरी एक–अर्कालाई प्रभावित पार्दै अघि बढेको छ भन्ने तथ्य पुस्तकले छर्लंग देखाएको वरिष्ठ मनोचिकित्सक तथा मानसिक अस्पताल पाटनका निर्देशक डा. अनन्त अधिकारीले बताए । 

पुस्तकमा समेटिएका तथ्य तथा घटना अहिलेको पुस्ताका निम्ति प्रेरणा बन्नसक्ने उनको बुझाइ छ । यस्तै, वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. सुमनराज ताम्राकार पुस्तक चिकित्सा क्षेत्रमा पाइला अघि बढाउँदै गरेका जनशक्तिमात्र नभई स्वास्थ्य क्षेत्रसँग सरोकार राख्ने सबैका निम्ति ऐना भएको बताए ।
 
चिकित्सा पेसा आफैँमा डंकी र रिस्की पेसा भएको तथ्य पुस्तकले देखाएको डा. ताम्राकारको बुझाइ छ । “यो राम्रो सुरुवात भएको छ, चिकित्सा सेवाका सबै अग्रजहरूको जीवनी तथा मृत्युपश्चात् अविच्युरीमार्फत उनीहरूको योगदान झल्काउनुपर्छ, यस्ता पुस्तक सबैले पढ्नुपर्छ” उनी भन्छन् ।
 
चिकित्साका १४ तारा अग्रजहरूको सम्मानमा लेखिएको ऐतिहासिक पुस्तक भएको निबन्धकार तथा नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनले बताए । उनले यो पुस्तक निबन्ध कृति नै भएको बताउँदै भने, “यो पुस्तक नेपालको स्वास्थ्य क्षेत्रका लागि इतिहास हो । अग्रज डाक्टरहरूप्रतिको सम्मान र हरेक पाठकका निम्ति उत्प्रेरणा पनि हो ।” 

प्रतिष्ठानका अध्यक्ष कवि छविरमण सिलवालले संस्थाको उद्देश्यमाथि प्रकाश पार्दै आगामी दिनमा विविध साहित्यिक क्रियाकलाप गर्दै जाने बताए । 

पुस्तक रत्न पुस्तक भण्डारले प्रकाशनमा ल्याएको हो । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन १, २०८१  १४:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro