site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
यी तीनजनामध्ये एक बन्दै छन् विपद् जोखिम न्यूनीकरण प्राधिकरणको कार्यकारी प्रमुख

काठमाडौं । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी प्रमुखका निम्ति तीनजनाको नाम सिफारिस गरिएको छ ।

प्राधिकरणको कार्यकारी प्रमुखका निम्ति बुधबार (माघ ३०) पाँचजनाको अन्तर्वार्ता लिइएको थियो । तीमध्ये सबैभन्दा बढी अंक प्राप्त गरेका तीनजनाको नाम सिफारिस गरिएको गृह मन्त्रालयले जनाएको छ ।

Dabur Nepal
NIC Asia

सिफारिस गरिएका तीनजनामा बैतडीका दिनेशप्रसाद भट्ट, मोरङका सुमनकुमार कर्ण र रोल्पाका मन्दिप सुवेदी छन् । मन्त्रालयले उनीहरूसहित डडेलधुराका धर्मराज उप्रेती र कास्कीका वसन्तराज अधिकारीलाई अन्तर्वार्तामा बोलाएको थियो ।

“...राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी प्रमुख नियुक्तिका लागि सिफारिस गर्न गठित सिफारिस समितिको बैठक र छनोटसम्बन्धी कार्यविधि, २०८१ को दफा १४ को उपदफा (१) बमोजिम सबैभन्दा बढी अंक प्राप्त गर्ने देहायका तीनजना उमेदवारलाई योग्यताक्रमानुसार कार्यविधिको दफा १४ को उपदफा (२) अनुसार कार्यकारी प्रमुखको नियुक्तिको लागि सिफारिस गरेको व्यहोराको सूचना सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ,” मन्त्रालयको सूचनामा उल्लेख छ ।

स्नातकोत्तर उपाधि हासिल गरेको र सम्बन्धित क्षेत्रमा कम्तीमा १० वर्षको अनुभव भएको व्यक्तिलाई सिफारिसअनुसार सरकारले कार्यकारी प्रमुखमा नियुक्त गर्नेछ । कार्यकारी प्रमुखको पदावधि पाँच वर्षको हुने व्यवस्था छ ।

प्राधिकरणको कार्यकारी प्रमुखको जिम्मेवारीमा हाल डा. भीष्मकुमार भूसाल छन् । गएको माघ ४ गते गृहमन्त्रीस्तरको निर्णयबाट डा. भूसाललाई अर्को व्यवस्था नभएसम्मका निम्ति प्राधिकरणको कार्यकारी प्रमुखका रूपमा कामकाज गर्ने गरी जिम्मेवारी दिइएको हो ।

यसअघिका कार्यकारी प्रमुख अनिल पोखरेलको पदावधि सकिएपछि पद रिक्त छ । कार्यकाल सकिए वा कुनै कारणले पद रिक्त भएमा नयाँ नियुक्त नहुन्जेलसम्मका निम्ति प्राधिकरणमा कार्यरत वरिष्ठतम सहसचिवलाई कार्यकारी प्रमुखको जिम्मेवारी दिइने व्यवस्था छ ।

“विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा १० ले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको व्यवस्था गरिएको छ । प्राधिकरण स्थापना मिति २०७६/०८/२९ गते कार्यकारी प्रमुखको नियुक्ति भएसँगै भएको हो,” प्राधिकरणको वेबसाइटमा उल्लेख छ, “यो प्राधिकरणले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी केन्द्रीय स्रोत निकायको रूपमा कार्य गर्दछ । हाल यसको कार्यालय सिंहदरबार, काठमाडौंमा रहेको छ ।”

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन १, २०८१  ०९:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro