site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
खनालले संसद्‌मा सुनाए– डिउटीका प्रहरी कुट्नेको कक्षाकोठामा दादागिरी चल्थ्यो
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद शिशिर खनालले गृहमन्त्री रमेश लेखकलाई कुन नैतिकताले कुर्सीमा बस्ने ? भन्दै प्रश्न गरेका छन् । मंगलबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा उनले डिउटीका प्रहरीमाथि कुटपिट गर्ने अनेरास्ववियु नेताका विषयमा अनुसन्धान नगरिएको भन्दै प्रश्न गरेका हुन् ।

“डिउटीमा रहेका प्रहरीलाई कुट्ने अस्कल क्याम्पस पढ्ने अनेरास्ववियुका नेतालाई नेपाल प्रहरीले अनुसन्धान गर्ने हिम्मत पनि गरेको रहेन छ,” विद्यार्थीले आफूलाई पठाएको मेसेज सुनाउँदै उनले भने, “कक्षाकोठामा सधैँ उहाँहरूको दादागिरी चल्थ्यो । तर, अब पुलिसले पनि आँट नगरेपछि कसरी पढ्ने होला र ? कृपया यसबारे बोलदिनु न भनेर मेसेज आएको छ ।”

सत्ता जोगाउन अनेरास्ववियुका नेतामाथि अनुसन्धान नगरिएको आरोप पनि उनले लगाए । उनले दुईतिहाइको सरकारका गृहमन्त्रीले प्रहरीकै सुरक्षा गर्न नसके युवा कसको मुख हेरेर देशमा बस्ने ? भन्दै थप प्रश्न गरे ।

“कम्तीमा पनि छातीमा हात राखेर आज नेताहरूले भन्नुपर्छ, दुईतिहाइको तपाईंहरूको बहुमत छ, गृहमन्त्रीले आफैँले कमान्ड गरेको प्रहरीको सुरक्षा दिन सक्दैन भने नेपाली युवा कसको अनुहार हेरेर यो देशमा बसिदिनुपर्ने ? तपाईंहरूलाई भोटै हाल्न ?,” खनालले भने ।

उनले उक्त घटनाबारे गृहमन्त्रीको जवाफ पनि माग गरे । “आफ्नो कमान्डमा रहेको प्रहरीलाई सुरक्षा दिन नसक्ने गृहमन्त्रीले कुन नैतिकताले आफ्नो कुर्सीमा बस्ने हो ? हामीलाई जवाफ दिनुपर्‍यो,” सांसद खनालको माग छ ।

प्रकाशित मिति: मंगलबार, माघ २९, २०८१  १४:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro