site stats
बाह्रखरी :: Baahrakhari
खेल
म्यानचेस्टर सिटीविरुद्ध रियाल मड्रिड : च्याम्पियन्स लिगको 'हेभिवेट' भिडन्त आज

काठमाडौं । युरोपियन क्लब फुटबलको सबैभन्दा प्रतिष्ठित प्रतियोगिता यूईएफए च्याम्पियन्स लिगमा प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीले स्पेनिस जायन्ट रियाल मड्रिडलाई आतिथ्यता प्रदान गर्दै छ ।

नेपाली समयानुसार, राति १ः४५ बजेदेखि सुरु हुने यस खेलमा दुवै टिम जित्नै पर्ने दबाबमा रहने छ । किनभने दुवै टिमलाई हारको अर्थ प्रतियोगिताबाट बाहिरिनु हुनेछ । यी दुई टिम च्याम्पियन्स लिगको पछिल्ला दुई संस्करण जित्ने टोलीसमेत हुन् । रियालले गत संस्करणको उपाधि जित्दा सिटीले त्यसअघि सन् २०२२–२३ संस्करणको उपाधि जितेको थियो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

च्याम्पियन्स लिगको नयाँ संरचनाअनुसार, लिग चरणबाट शीर्ष आठ टिमले सोझै अन्तिम–१६ को यात्रा तय गर्नेछन् ।

तर, त्यसपछिका १६ टिमले भने प्रिक्वार्टरफाइनलको अन्तिम आठ स्थानका निम्ति प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ । यसैकारण, लिग चरणमा शीर्ष आठ स्थान हासिल गर्न असफल बनेका सिटी र रियालले प्रतिस्पर्धा गर्न लागेका हुन् ।

प्रकाशित मिति: मंगलबार, माघ २९, २०८१  १२:१७
प्रतिक्रिया दिनुहोस्