site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
वाग्मती नदीमाथिको पुल मर्मत थालियो

रौतहट । पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत रौतहट र सर्लाही जिल्लाका बीचमा रहेको वाग्मती नदीमाथिको पुल मर्मत थालिएको छ । डिभिजन सडक कार्यालय चन्द्रनिगाहपुरले डेढ किलोमिटर ड्राइभर्सन बनाएर पुल मर्मत थालेको हो ।

केही दिनअगाडि पुलको बिम (गिर्डर) चर्किएको थियो । पुलको पूर्वतर्फ ४ र ५ नम्बरको स्परमाथि जडान गरिएको बिम झन्डै आठ सेन्टिमिटर चर्किएको कार्यालयका प्रमुख अरुणकुमार कर्णले जानकारी दिए । यही माघ २६ गते डाइभर्सन बनाएर २८ देखि पुल मर्मतको काम थालिएको उनले बताए ।

करिब ५५ वर्षअघि नेपाल–सोभियत संघ सहयोगअन्तर्गत निर्मित वाग्मती नदी पुलको ४ र ५ नम्बर स्परको बीचमा रहेका बिममा रहेको बेरिङ राख्ने ‘प्याडेस्टल’ कंक्रिट फुटेको उनले जानकारी दिए । पुलमा आधुनिक प्रविधिबाट उच्च गुणस्तरको कंक्रिट हालेर ढलान गरिने काम भइरहेको प्रमुख कर्णले बताए ।

यही बेला अरू बिमको पनि सरसफाइ तथा बेरिङ र कंक्रिटको अवस्था हेरिनेछ । आउँदो फागुन २ गतेभित्र पुल सञ्चालनमा ल्याउने गरी काम भइरहेको उनले जानकारी दिए । चौबिसै घण्टा व्यस्त रहने पुलको यथाशीघ्र मर्मत गरेर त्यहाँबाट सवारी सञ्चालन गराउने लक्ष्य लिइएको उनले बताए ।

बिम चर्किएर समस्या आएपछि पुल महाशाखाको टोली आएर स्थलगत निरीक्षण गरेर दिएको सुझावका आधारमा मर्मत सुरु गरिएको उनको भनाइ छ ।

माघ २५ मा सडक डिभिजन कार्यालयले पत्राचार नै गरेर २७ गतेदेखि सवारी आवागमनमा रोक लगाइएको थियो । पुलको बिम चर्किएपछि सवारी आवागमन थप जोखिमपूर्ण बनेको थियो । रासस

प्रकाशित मिति: मंगलबार, माघ २९, २०८१  ११:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro