site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
ट्रम्पले हमासलाई दिए शनिबारसम्मको समयसीमा

काठमाडौं । हमासले गाजाबाट इजरायली बन्धकहरूको रिहाइ रोक्ने घोषणा गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कडा चेतावनी दिएका छन् ।

ट्रम्पले हमासले शनिबार दिउँसो १२ बजेसम्ममा सबै बन्धकहरूलाई रिहा गर्नुपर्ने बताएका छन् ।

ट्रम्पले गाजा युद्धविराम सम्झौताको भविष्यका लागि हमासलाई समयसीमा दिएका छन् । 

“यदि, शनिबार दिउँसो १२ बजेसम्ममा सबै बन्धकहरूलाई रिहा गरिएन भने युद्धविराम सम्झौता रद्द हुनेछ,” उनले भने, “अब सबै बाटो बन्द छन् । मलाई लाग्छ यो पर्याप्त समय हो ।”

ट्रम्पले सबै बन्धकहरूलाई एकैचोटि रिहा गरिने आशा व्यक्त गरेका छन् । एकैपटक रिहा नभए त्यसको परिणाम के हुन्छ हमासले बुझ्ने उनको उनको चेतावनी छ ।  

हमासले के भन्यो ?

यसअघि हमासले इजरायली बन्धकहरूको रिहाइ रोक्ने बारेमा उल्लेख गरेको थियो । हमासले इजरायलमाथि युद्धविराम सम्झौता उल्लंघन गरेको आरोप लगाएको छ ।

हमासले विज्ञप्तिमा भनेको छ, “विगत तीन हप्तामा हाम्रो नेतृत्वले विपक्षीले बारम्बार युद्धविराम सम्झौताको उल्लंघन गरिरहेको र सम्झौताका सर्तहरू पालना नगरेको देखेको छ ।” 

यसले उत्तरी गाजामा विस्थापित प्यालेस्टिनीहरूको फिर्तीमा ढिलाइ हुने विज्ञप्तिमा उल्लेख रहेको बीबीसीले जनाएको छ । 

हमासमाथि गाजा पट्टीका धेरै क्षेत्रमा गोलीबारी गरेको आरोप पनि लागेको छ ।

प्रकाशित मिति: मंगलबार, माघ २९, २०८१  ०८:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro