site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
वार्ता र सहमतिबाटै पाथीभरा केबलकार विवाद समाधान गरिनुपर्छ : गृहमन्त्री लेखक
फाइल तस्बिर ।

काठमाडौं । गृहमन्त्री रमेश लेखकले पाथीभरा केबलकारको विषयमा उत्पन्न समस्या वार्ता र सहमतिबाटै समाधान गर्नुपर्नेमा जोड दिएका छन् ।
 
सोमबार साँझ गृह मन्त्रालयमा उक्त विवाद समाधानका लागि गठित आन्दोलनरत पक्षका वार्ता टोली एवं सरोकारवालासँगको भेटमा उनले आपसी सहमतिबाट मात्रै समस्या समाधान गर्न सकिने भएकाले सबै गम्भीर हुनुपर्ने बताए ।

यसअघि मन्त्रालयद्वारा गठित वार्ता टोली र आन्दोलनरत पक्षका वार्ता टोलीबीच हिजो भएको छलफलमा अन्तिम निष्कर्ष नआएपछि आज गृहमन्त्रीसँग भेटघाट गरिएको हो ।

भेटमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता योगेश भट्टराई, आदिवासी जनजातिका नेताहरूको समेत सहभागिता रहेको थियो । “आज साँझ उहाँहरू गृहमन्त्री ज्यूलाई भेट्न आउनुभएको थियो । मन्त्रीज्यूबाट वार्ता र सहमतिबाटै निकास निकाल्न आाग्रह भएको छ,” गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले भने ।

मन्त्री लेखकले शान्तिपूर्ण रूपमा समस्या समाधान खोज्न आग्रह गर्दै त्यस विषयमा सरकार पनि गम्भीर रहेको बताएका थिए । छलफलमा आन्दोलनरत पक्षबाट उच्चस्तरीय वार्ता टोली गठनको माग गरिएको पनि तिवारीले बताए ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ २८, २०८१  २३:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro