site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८१ सर्वसहमतिले पारित
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८१ प्रतिनिधिसभाबाट सर्वसहमतिले पारित भएको छ । सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थ समितिको प्रतिवेदनसहितको सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका हुन् । 

प्रस्तावउपर सांसदहरूले छलफल गरेका थिए । अर्थमन्त्री पौडेलले सांसदले उठाएका प्रश्नको जवाफ दिइसकेपछि सभासमक्ष सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८१ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरे । जसमा सर्वसहमतिले संसद्बाट पारित भएको प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले घोषणा गरे । प्रतिनिधिसभाको अर्को बैठक माघ २९ गते मंगलबार १ बजे बस्नेगरी स्थगित भएको छ ।

प्रकाशित मिति: सोमबार, माघ २८, २०८१  १७:५६
प्रतिक्रिया दिनुहोस्