site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
अर्बिट इनर्जीले ५० लाख कित्ता आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा कुमारी क्यापिटल

काठमाडौं । अर्बिट इनर्जी लिमिटेडले प्रतिसेयर अंकित मूल्य १०० रूपैयाँका ५० लाख कित्ता साधारण सेयर निष्कासन (आईपीओ) गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासन तथा कुमारी क्यापिटल लिमिटेडमा नियुक्त गरेको छ ।

उक्त सम्झौतापत्रमा अर्बिट इनर्जीका तर्फबाट महाप्रबन्धक सुदीप खड्का र कुमारी क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरेका छन् । अर्बिट इनर्जीले संखुवासभाको सभापोखरी गाँउपालिकास्थित साभाखोलाको पानी सदुपयोग गरी सभा खोला बी २१.५ मेगावाट र सभा खोला सी ६.३ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।

आयोजनाको निर्माण कार्य करिब ५५ प्रतिशत सम्पन्न भइसकेको कम्पनीले जनाएको छ । आयोजनामा भारतको फ्लोवेल इनर्जी प्राईभेट तथा इटालीको ट्रोएर एजी कम्पनीबाट निर्मित अत्याधुनिक इलेक्ट्रोमेकानिकल सामाग्रीहरु जडान गरी अबको वर्षभित्र आयोजना सञ्चालनमा ल्याउने कम्पनीले जनाएको छ । 

प्रकाशित मिति: सोमबार, माघ २८, २०८१  १७:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro