site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
मलेसियाका आप्रवासी कामदारसँग सन नेपाल लाइफको अन्तरक्रिया

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले नेपाली आप्रवासी कामदारलाई लक्षित गरी वैदेशिक रोजगार बिमासम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । 

मलेसियामा कार्यरत नेपाली आप्रवासी कामदारहरूको वित्तीय सुरक्षाबारे सचेतना फैलाउने उद्देश्यले मलेसियाको क्वालालम्पुरमा कम्पनीले उक्त कर्यक्रम आयोजना गरेको हो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

कार्यक्रमका प्रमुख अतिथिका रूपमा मलेसियाका लागि नेपाली राजदूत डा. नेत्रप्रसाद तिम्सिना थिए । साथै, सन नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालले आप्रवासी श्रमिकहरूको वित्तीय सुरक्षा, वैदेशिक रोजगार बिमा, दाबी भुक्तानी प्रक्रिया र यसका दीर्घकालीन लाभबारे जानकारी दिएका थिए । 

सन नेपाल लाइफ इन्स्योरेन्स आप्रवासी नेपालीहरूका लागि आर्थिक तथा स्वास्थ्य सुरक्षामा महत्त्वपूर्ण भूमिका निर्वाह गर्न प्रतिबद्ध रहेको पनि जानकारी दिइएको थियो । 

सन नेपाल लाइफले १३९ शाखा तथा उपशाखा कार्यालयहरू तथा ३२ हजार अभिकर्तामार्फत देशभर र देशबाहिर रहेका नेपाली नागरिकलाई जीवन बिमा सेवा प्रदान गर्दै आएको छ ।  

प्रकाशित मिति: सोमबार, माघ २८, २०८१  १७:४६
प्रतिक्रिया दिनुहोस्