अर्थ व्यवसाय

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक १०.९८ अंकले घटेर बन्द भएको छ । नेप्से परिसूचक ०.४० प्रतिशतले घटेर २६७७.३२ विन्दुमा बन्द भएको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आज कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये ‘अन्य’ र व्यापार समूहको परिसूचक बढेको छ ।
आज ६ अर्ब ९६ करोड रुपैयाँको सेयर खरिद–बिक्री भएको छ । यस दिन ७७ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ । १६१ कम्पनीको सेयर मूल्य घटेको छ । ६ कम्पनीको सेयर मूल्य स्थिर छ ।
आज न्यादी हाइड्रोपावर लिमिटेड र गार्डेन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ ।
बोटलर्स नेपाल (बालाजु) र उपकार लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले घटेको छ ।
प्रकाशित मिति: सोमबार, माघ २८, २०८१ १५:४२
प्रतिक्रिया दिनुहोस्