site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जसपा, जनमत, नागरिक उन्मुक्तिको नाम नलिई बाबुरामले भने– जातीय/क्षेत्रीय दल बिलाउँछन्

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा. बाबुराम भट्टराईले जातीय र क्षेत्रीय दल कालान्तरमा बिलाउने विश्लेषण गरेका छन् । नेसपा (नयाँ शक्ति)को प्रथम महाधिवेशनमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा उनले बहुजातीय र बहुभाषिक पहिचान भएको नेपालजस्तो राष्ट्रमा जातीय र क्षेत्रीय राजनीतिले समस्याको समाधान दिन नसक्ने उल्लेख गरेका छन् ।

“बहुजातीय बहुभाषिक र क्षेत्रीय विविधतायुक्त नेपालमा भर्खरै राज्यको संघीय ढाँचामा पुनर्संरचना भएकाले विभिन्न नाउँमा जातीय/क्षेत्रीय पहिचानवादी पार्टीहरू जन्मने र बिलाउने भइरहेका छन्,” डा. भट्टराईले भनेका छन्, “ खासगरी मधेसी, आदिवासी जनजाति र थारु बाहुल्य क्षेत्रहरूमा त्यो प्रवृत्ति देखिएको छ । नेपालजस्तो अल्पविकसित र जटिल भूराजनीतिक अवस्था भएको देशमा जातीय/क्षेत्रीय समस्यालाई समावेशी चरित्रको देशव्यापी राष्ट्रिय शक्तिले मात्र हल गर्न सक्छ ।”

त्यस्ता पार्टी केही समय प्रभावमा रहे पनि अन्ततः अस्तित्व समाप्त हुने उनले टिप्पणी गरेका छन् । “अतः कालान्तरमा जातीय/क्षेत्रीय दलहरू एकाकार हुने वा बिलाउँदै जाने अनुमान गर्न सकिन्छ,” डा. भट्टराईले भनेका छन् ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, माघ २८, २०८१  १३:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro