site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
पञ्चकन्या धारा : विश्वकै उच्चतम् प्रविधि, १० वर्षभित्र बिग्रिए फेरिदिने !

काठमाडौं । धाराको छेउछाउमा खिया लागेको, पानी आउँदै नआउने, आइहाले पनि कि त जोडका साथ आउने कि थोपा थोपा यी घर घरका समस्या हुन् । पुराना घरका त यी समस्या भए, नयाँ बनाउन लागिएको घरमा यस्तै समस्या नदोहोरियोस् भनेर कस्ता धारा राख्ने, कुन नक्कली हो कुन सक्कली भन्ने धेरैलाई थाहै हुँदैन ।

नेपालमा प्रयोग हुने सबैजसो धारा चीन र भारतबाट आयात हुन्छन् । बजारमा देखिएका धारा किन्न जाँदा पनि ग्राहकलाई कुन सक्कली र कुन नक्कली भन्ने थाहै हुँदैन । होस् पनि कसरी ! बजारमा जस्ता धारा आएका छन् घर घरमा त्यस्तै प्रयोग भएका छन् ।

न त धाराको गुणस्तर, न त ब्रान्ड, न त दिगोपना अधिकांश  प्रयोगकर्तालाई थाहै हुँदैन ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यस्तो बेलामा नेपालमा विश्वको गुणस्तर मापदण्ड र उत्कृष्ट जर्मन प्रविधिका धारा बजार प्रतिस्पर्धी मूल्यमा उपलब्ध गराउने गरी पञ्चकन्या बाथ वेयर अघि सरेको छ । पञ्चकन्या ग्रुप नेपालको पुरानो व्यापारिक घराना हो । यो ग्रुप अन्तर्गत पञ्चकन्या स्टिल, पञ्चकन्या प्लास्टिक, सिमेन्टलगायतमा लगानी रहेको छ ।

6-1739171694.jpg
 

यो ग्रुपले करिब दुई वर्षपहिले नेपालमै धाराको उत्पादन थाल्ने योजना बनायो, काम पनि अघि बढायो । कम्तिमा पनि १४ महिना देशभर प्रयोग भइरहेका धारा, यसको आयात, निर्माणका बेला नपु¥याइएको ध्यानलगायतको अध्ययनमा लगायो ।

पञ्चकन्या बाथवेयरले नेपाली डिजाइन, विश्वस्तरको गुणस्तर र धारामा प्रयोग हुने विश्वकै उत्कृष्ट जर्मन प्रविधि प्रयोग गरेर उत्पादन बजारमा ल्यायो । नेपालको उत्पादन उद्योगमा ५२ वर्षको विरासत बोकेको पञ्चकन्या ग्रुपले आफ्नो पहिचान गुणस्तरमा आधारित भएकाले त्यसैमा जोड दिइएको बताएको छ ।

सन् १९७१ मा पूर्वी नेपालको झापामा पञ्चकन्या राइस मिलबाट सुरु भएको ग्रुप अहिले दर्जन बढी उद्योग एवम् व्यापार क्षेत्रमा संलग्न छ । उत्पादनतर्फ स्टिल, प्लास्टिक, ट्यांकदेखि उर्जा, निमार्ण, अटोमाबाइल, ट्रेडिङ, शिक्षा एवं बैंकिङलगायत क्षेत्रमा पञ्चकन्या ग्रुपको व्यवसाय फैलिएको छ ।

8-1739171694.jpg
 

कम्पनीका अनुसार नेपालको धारा बजार एउटा महँगो, प्रिमियम र अर्काे सस्तो तथा कमसल खालको छ ।

झन्डै पाँच अर्बको यो बजारमा आम मानिसलाई गुणस्तर र विश्वसनीयताको विश्वास दिने गरी पञ्चकन्या बाथवेयर प्रवेश गरेको बताएको छ ।

“हामीले सधैं आफ्नै उत्पादन के हुन सक्छ नेपालमा भनेर सोच्ने गरेका छौं । यही सिलसिलामा हामीले धेरै अध्ययन गर्दा आएको एउटा प्रडक्ट बाथवेयर हो,” कार्यकारी निर्देशक उज्ज्वल कुमार श्रेष्ठले बाह्रखरीसँगको कुराकानीमा भने ।

ujjwal-shresth-1739171546.jpg
 

बाथरुमको सामग्रीमा नेपालमा सबैजसो विदेशी ब्रान्डमात्र छन् । या त अन्यन्तै कमसल खालका छन् जुन प्रयोग गरेको केही महिनामै पुरानै अवस्थामा पुग्छन् अर्थात् धारामा कहिँ न कहिँ समस्या आइहाल्छ ।

त्यसैले यस्ता उत्पादनको गुणस्तर र सुलभ मूल्यका आधारमा नेपाली ब्रान्डलाई स्थापित गर्न सन् २०२५ देखि बजारमा औपचारिकरुपमा प्रवेश गराएको कम्पनीले जनाएको छ ।

पञ्चकन्या धारा र बजारमा उपलब्ध धारामा के छ भिन्नता

पञ्चकन्या बाथवेयर धारा बजारमा छिर्नुअघि नेपालमा विभिन्न ब्रान्डका बाथवेयर उपलब्ध थिए । पञ्चकन्याले निर्माण क्षेत्रको उत्पादनमा कमाएको विश्वासलाई थप बलियो बनाउन बाथवेयरमा पाँच रणनीति अपनायो ।
“गुणस्तर र मूल्यको ग्याप हामीले पहिचान गर्‍यौं,” उनले भने ।

धारामा कपर र जिंक मिश्रित धातु ब्रास प्रयोग हुन्छ । “नेपालमा आउने धाराको त्यो गुणस्तरमा हामीले कमी कमजोरी देख्यौं,” श्रेष्ठले भने ।

धारा क्रोम प्लेटले लेपन गरिएको हुँदा ब्रास उपभोक्ताले देख्दैनन् । “चाँडै बाहिरी स्वरुप बिग्रिने धाराहरुमा शतप्रतिशत ब्रास प्रयोग भएको हुँदैन । यसलाई विस्थापित गर्दै शतप्रतिशत ब्रासको गुणस्तरीय धारा हामीले ल्याएका हौं,” श्रेष्ठले भने ।

दोस्रोमा पञ्चकन्या ग्रुपले नेपाली आवश्यकता र नेपाली डिजाइनमा धाराहरू उत्पादन गरेको छ । तेस्रोमा धारामा प्रयोग हुने प्रविधिबारे अध्ययन गरेको र सबैभन्दा उत्कृष्ट जर्मन प्रविधि भित्र्याएको कम्पनीको भनाइ छ ।

“धारा हतपत बिग्रिँदैन र बिग्र्यो भने भित्रको पाटपुर्जा बिग्रिन्छ जुन बाहिरबाट देखिँदैन,” उनले भने, “यस्तो पाटपुर्जा संसारभरी विभिन्न देशले बनाउँछन् तर सबैभन्दा उत्कृष्ट जर्मनीमा बन्दो रहेछ र त्यसैले हामीले हाम्रा धाराहरुमा जर्मन प्रविधिको पाटपुर्जा प्रयोग गरेका छौं ।”

चौंथोमा पञ्चकन्याले आफ्ना सबै धाराहरू सस्टेनेबल प्रोडक्टका रुपमा विकास गरेको बताएको छ । 

“विश्वका सबैजसो मुलुक र राष्ट्र संघले समेत दिगोविकासलाई लक्ष्यमा राखेको छ । हाम्रो धारामा पानी र हावा मिसिएर बबलसहितको पानी आउने एइरेटर टेक्नोलोजी राखेका छौं,” उनले भने, “यसले पानीको बहन पनि राम्रो हुन्छ र आवश्यकताको अनुसार मात्रै पानी आएर पानी जोगाउँछ ।”

हातधुँदा कम पानी चाहिने र नुहाउँदा बढी पानी चाहिने हुँदा यी धाराले त्यसैअनुसार पानी बहन गराउने प्रविधि समेटेको छ । पाँचौंमा पञ्चकन्या बाथवेयरले ग्राहक सेवा र सुविधालाई प्राथमिकतामा राखेको बताएको छ ।

“हामीले करिब एक महिनाभित्रै देशभर दश बितरक स्थापना गरिसकेका छौं र थप २० चाँडै थप्दैछौं । उहाँहरुभन्दा तल  थप ३० वटा सब डिस्ट्रिब्युटर हुनुहुन्छ,” श्रेष्ठले भने ।

“सय दिनमा सयवटा आउटलेट्स भनेर हामीले एउटा लक्ष्य राखेका छौं र चैतभित्र एक सयवटा वितरक बनाइसक्ने लक्ष्य छ,” उनले भने ।

ujjwal-shresth2-1739171546.jpg
 

सबैभन्दा महत्वपूर्ण कुरा कम्पनीले आफ्ना धाराहरुमा दश वर्षसम्म कुनै पनि उपकरण बिग्रिएमा निःशुल्क र बिना बिल फेर्ने सुविधा दिएको छ ।

“हाम्रो उत्पादनको गुणस्तरमा हामीलाई त्यति विश्वास कि दश वर्षसम्म कुनै उपकरण बिग्रिएमा निःशुल्क फेर्ने वारेन्टी दिएका छौं,” पञ्चकन्या ग्रुपका कार्यकारी निर्देशक श्रेष्ठले भने, “यसका लागि बिल पनि चाहिँदैन, आफुले किनेको डिस्ट्रिब्युटरलाई म्यासेज गरे पुग्छ ।”

नेपाली कम्पनीले, नेपालका लागि निकै धेरै मेहनत र एक वर्षभन्दा बढी समय अध्ययन गरेर यस्ता धारा बजारमा ल्याएको बताएको छ ।

लक्षित ग्राहक र मूल्य प्रतिस्पर्धा

नेपालमा ठूला भवन र बिल्डिङका लागि महँगा र गुणस्तरीय धारा भित्रिने गरे पनि घरहरुमा केही सस्तो भए पनि कम गुणस्तरका धारा प्रयोग हुने गरेको विश्लेषण छ । यस्तोमा पञ्चकन्याले गुणस्तरीय सामान मध्यम खाले मूल्यमा उपलब्ध गराउने गरी उत्पादन ल्याएको बताएको छ ।

“हामीसँग गुणस्तरीय धारा छ, विश्व स्तरको प्रविधिसहितको धारा छ र सरल मूल्यको धारा छ । महँगो धारा हामीले बनाएको छैनौं, एकदुई वर्षमा बजारले आफैं हाम्रो गुणस्तरको प्रतिक्रिया दिनेछ,” श्रेष्ठले भने ।

कम्पनीले अहिले विभिन्न डिजाइनका आधारमा १८ किसिमका धारा बजारमा ल्याएको छ । ती मोडलको नाम नेपालका सातवटै प्रदेशका विभिन्न नदीको नामबाट नामाकरण गरेको छ ।

यसले नेपालीपन र नेपालीकरण झल्काउने विश्वास कम्पनीको छ । ग्राहकहरुले धाराको गुणस्तर र मूल्यलाई रुचाई रहेको प्रतिक्रिया बिक्रेताहरुबाट पाइरहेको कम्पनीको भनाइ छ ।

“पञ्चकन्याले नेपालमा जहिले पनि गुणस्तरीय सामान उत्पादन गर्ने लक्ष्य राखेको छ । त्यसैअनुसार हामीले विश्वास कमाएका छौं र त्यसैअनुसार हामीलाई आत्मविश्वास पनि छ,” श्रेष्ठले भने,“नेपाली ब्रान्ड, नेपाली डिजाइनमा उत्कृष्ठ प्रविधि र गुणस्तर प्रयोग गरेर हामीले निकै धेरै अध्ययन र तयारी गरेर पञ्चकन्य पञ्चकन्या बाथवेयर ल्याएका हौं । नेपाली उपभोक्ताले यसलाई रुचाओस् र यसमा थप सुधार गर्नका लागि हामीलाई प्रतिक्रिया दिओस् भन्ने चाहना छ ।”

०००

कम्पनीले ल्याएका धाराको भित्रि र बाहिरी सबै पाटपुर्जामा उत्कृष्ट गुणस्तर र प्रविधि प्रयोग गरिएको पञ्चकन्या ग्रुपका निर्देशक आशिक श्रेष्ठले बताएका छन् ।

“हामीले हाम्रो सबै धारामा शतप्रतिशत ब्रास प्रयोग गरेका छौं । गुणस्तरको यो कुरा बाहिरबाट हेर्दा र तत्काल थाहा हुँदैन । एकदुई वर्षपछि मात्रै थाहा हुन्छ,” पञ्चकन्या ग्रुपका निर्देशक श्रेष्ठले भने ।

Ashik-shresth-(1)-1739171538.jpg
 

उच्च गुणस्तर र जर्मन प्रविधिको उपकरण प्रयोग भएकाले वर्षाैंका लागि धारा टिकाउ हुने उनको भनाइ छ । कम्पनीले धारा कम्तिमा दश वर्षसम्म केही नहुने भन्दै त्यतिबेलासम्म कुनै उपकरण बिग्रिएमा निःशुल्क फेरिदिने वारेन्टी दिएको हो ।

उनले पञ्चकन्याले दर्जनबढी डिजाइनमा धारा, सावरलगायत बाथवेयर उपलब्ध बजारमा ल्याएको बताए ।

“बजारमा उपलब्ध सस्तो र महँगो धाराको बीचमा पञ्चकन्याले मध्यबिन्दु रोज्दै आममानिसलाई प्रयोग गर्न किफायती पनि हुने र गुणस्तरीय पनि हुने धारा ल्याएको छ,” उनले भने ।

Ashik-shresth-(2)-1739171538.jpg
 

०००

पञ्चकन्या बाथवेयरका सेल्स हेड बसन्त रिजालले यी धाराहरुको डिजाइन मात्रै नभएर नामसमेत नेपालीपन झल्काउन गरी राखिएको बताए । “पञ्चकन्या भन्नेबित्तिकै हामी गुणस्तर र टिकाउ सामान सम्झिन्छौं, नेपालमा बिल्डिङ क्षेत्रको उत्पादन बनाउने ठूलो कम्पनी पनि पञ्चकन्या हो,” रिजालले भने ।

“त्यसैले हामीले ल्याएका १८ मोडलका धारामा नेपालीपन झल्काउन हामीले नेपालको नदीनालाका नामले नामाकरण गरेका छौं,” उनले भने, “धारा पानीसँग सम्बन्धी भएकाले महाकाली, सोलुदेखि कोसीसम्म सातै प्रदेशका नदीहरुको नाम राखेका छौं ।”

स्वदेशमै उत्पादन

पञ्चकन्या ग्रुपले आफ्ना धारा एवं बाथवेयर प्रोडक्टको उत्पादन दुई वर्षपछि नेपालमा गर्ने तयारी गर्ने बताएको छ । कम्पनीले अहिले सुरुवाती चरणमा आफ्नै डिजाइन्, आफैले छानेका उपकरण प्रयोग गरी भारतीय कम्पनीसँग साझेदारी उत्पादन गरिरहेको छ ।

“अहिले हामी सुरुवाती चरणमा छौं त्यसैले तत्काल नेपालमै उत्पादन थाल्न दक्षता र बजारको स्थितीको कुरा छ,” पञ्चकन्या ग्रुपका कार्यकारी निर्देशक उज्वल श्रेष्ठले भने, “दुई वर्षपछि भारतीय कम्पनीको प्राविधिक सहकार्यमा उत्पादनपनि नेपालमै गर्ने हाम्रो लक्ष्य छ ।”
 

प्रकाशित मिति: सोमबार, माघ २८, २०८१  १३:२३
प्रतिक्रिया दिनुहोस्