site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
बाबुरामको नजरमा कांग्रेस– उदारवादी लोकतान्त्रिक धारको नेता पार्टी, औचित्य सकिन लाग्यो 
तस्बिर : रासस ।

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा. बाबुराम भट्टराईले नेपाली कांग्रेसलाई ‘उदारवादी धारको नेता पार्टी’ भनेका छन् । नेसपा (नयाँ शक्ति)को प्रथम महाधिवेशनमा भट्टराईले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा देशभर कांग्रेसको आधार रहेको उल्लेख छ ।

“व्यक्तिको निजी स्वतन्त्रतालाई प्रधानता दिने र पुँजीवादी खुला बजार अर्थतन्त्रको पैरवी गर्ने उदारवादी लोकतान्त्रिक धारको मुख्य प्रतिनिधि नेपाली कांग्रेस हो,” डा. भट्टराईले प्रतिवेदनमा भनेका छन्, “प्रजातान्त्रिक समाजवादको कुरा गरेर २००७ सालदेखिको लोकतान्त्रिक आन्दोलनसँग जोडिएको र विभिन्न राजनीतिक प्रवृत्तिका व्यक्ति र समुदायहरू पनि जोडिँदै आएकाले यसको देशभर उल्लेख्य आधार छ ।”

यस्तो जनाधार समेत भएको पार्टीले राजनीतिक र वैचारिक ढंगले नयाँपन दिन नसकेको उनको टिप्पणी छ । “परन्तु, यसले बीपी कोइरालाको समययता वैचारिक, राजनीतिक, कार्यक्रमिक ढंगले खासै प्रगति र नयाँपन प्रदर्शन गर्न सकेको छैन,” उनले भनेका छन्, “पटक–पटक सत्ताको नेतृत्व गर्दा पनि देशका राजनीतिक, आर्थिक, प्रशासनिक, सामाजिक, सांस्कृतिक क्षेत्रमा गुणात्मक रूपान्तरण गर्न सकेको छैन ।”

कांग्रेसका नेताहरू भ्रष्टाचार र अनियमिततासँग जोडिने गरेको भन्दै उनले यसले देशको अर्थ–राजनीतिक समाधान दिन नसक्ने जिकिर गरेका छन् । “देशका गम्भीर प्रकृतिका अर्थ–राजनीतिक समस्या र नयाँ युगको नयाँ कार्यभार यो ऐतिहासिक रूपले पुरानो भइसकेको राजनीतिक धार र शक्तिबाट पूरा हुन असम्भव छ,” डा. भट्टराईको प्रतिवेदनमा उल्लेख छ ।

प्रकाशित मिति: सोमबार, माघ २८, २०८१  १२:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro