site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अमेरिका भित्रिने स्टिल र आल्मुनियममा २५ प्रतिशत कर लगाउँदै ट्रम्प !

काठमाडौं । राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका भित्रिने स्टिल र आल्मुनियममा थप २५ प्रतिशत कर लगाउने बताएका छन् । ट्रम्पको यस कदमले क्यानडा सबैभन्दा धेरै प्रभावित हुने बीबीसीले जनाएको छ ।

उनले अमेरिकाले थप कर घोषणा गर्दा अरू देशले पनि प्रतिकारात्मक कर लगाउन सक्ने बताएका छन् । "उनीहरू (अरू देश)ले चार्ज हामी पनि गर्छौं," ट्रम्पले सञ्चारकर्मीहरूसँग भनेका छन् ।

ट्रम्पले कुनै निश्चित देशभन्दा पनि सबै देशबाट आयात हुने आल्मुनियम र स्टिलमा कर घोषणा गरिने बताएका छन् । तर, यसको असर सबैभन्दा धेरै क्यानडा र मेक्सिकोलाई पर्नेछ । क्यानडा र मेक्सिको अमेरिकाका प्रमुख स्टिल साझेदार हुन् । क्यानडा अमेरिकाको सबैभन्दा ठूलो आल्मुनियम आपूर्तिकर्ता हो ।

"अमेरिका आउने कुनै पनि स्टिलमा २५ प्रतिशत कर लगाइनेछ," उनले भनेका छन् ।

राष्ट्रपतिको पहिलो कार्यकालमा ट्रम्पले क्यानडा, मेक्सिको र युरोपियन युनियनबाट आयात हुने स्टिलमा २५ प्रतिशत र आल्मुनियममा १० प्रतिशत कर लगाएका थिए ।

तर, त्यसको एक वर्षपछि अमेरिकाले मेक्सिको र क्यानडामाथि लगाइएको कर अन्त्य गरेको थियो । युरोपियन युनियनलाई लगाइएको कर भने सन् २०२१ सम्म यथावत् राखिएको थियो ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, माघ २८, २०८१  १२:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro