site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपालमा कानुन निर्माणको दृष्टिकोण नै त्रुटिपूर्ण : शंकर पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले कानुन निर्माणको दृष्टिकोण नै त्रुटिपूर्ण रहेको बताएका छन् । आइतवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले राज्यका सञ्चालकहरूले अधिकारको दुरुपयोग गर्ने र नियन्त्रणमुखी सोच राखेर कानुन निर्माण गर्ने गरेको उल्लेख गरे ।

कानुन निर्माण सेवा प्रवाहलाई प्रभावकारी बनाउन, सुशासन कायम गर्न, विकास निर्माणको कामलाई गति दिनका लागि कानुन बनाउनुपर्नेमा नियन्त्रणकारी कानुनहरू धेरै भएको बताए ।  एउटा मन्त्रालय र अर्को मन्त्रालयले बनाएका कानुनमा एउटा काममा अर्कोलाई अवरोध सिर्जना गर्ने प्रवृत्ति धेरै हुँदा विकास प्रक्रिया र सुशासन कमजोर बनेको धारणा राखे । नागरिक बलियो हुन राज्यलाई बलियो बनाउनुपर्ने र राज्य बलियो बनाउने हो भने लोकतन्त्रमा राजनीतिक दलहरू बलियो बनाउनुपर्ने उनको भनाइ थियो । 

उनले भने, "नागरिक बलियो हुने हो भने राज्यलाई बलियो बनाउनु पर्दछ । राज्य बलियो बनाउने हो भने लोकतन्त्रमा राजनीतिक दलहरू बलिया हुनुपर्छ । यो अन्तरसम्बन्धित कुरा हो । त्यसअर्थमा कसैले कसैप्रति कटाक्ष गरिकन समाज अगाडि बढ्न सक्दैन । समाजका सबै अंगहरू सम्मानित र प्रतिष्ठित भयो भने राज्य बलियो हुन्छ । कसैलाई कमजोर बनाएर राज्य बलियो हुँदैन ।"

महासचिव पोखरेलले थ्रेसहोल्ड पाँच प्रतिशत राख्ने कुराले नयाँ पार्टी निर्माणका सन्दर्भमा समस्या उत्पन्न नहुने बताए । नयाँ पार्टीका लागि पाँच प्रतिशत जमानत प्राप्त गर्न पूर्वगृहकार्य गर्न कुनै व्यवस्थाले नरोकेको बताए ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ २७, २०८१  २०:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro