site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
शक्तिपीठ दर्शनसहित दुई हप्ता बसाइँमा के गर्नेछन् पूर्वराजा ज्ञानेन्द्र ?

पोखरा । यही हप्ता गोर्खा सैनिकमा भर्ती भएका नेपाली युवालाई ब्याच वितरण गर्न बेलायती राजकुमार एडवार्ड र राजकुमारी सोफी शुक्रबार पोखरा आइपुगे । बेलायतबाट हुने राजकीय भ्रमणमा पोखरा प्राय छुट्दैन ।

बेलायती राजकुमारको पोखरा भ्रमणको चर्चा हुँदैगर्दा पोखरामै नेपालका पूर्वराजा ज्ञानेन्द्र शाह पनि आउने भए । वर्तमान राजपरिवारका एडवार्ड र अन्तिम राजा ज्ञानेन्द्र पोखरा एकैसमयमा आउनुमा कुनै सन्दर्भ त छैन । तर, संयोगले भने केही चर्चा पायो । बेलायती राजकुमार आएर निर्धारित कार्यतालिकाअनुसार नै फर्किइसके ।

नेपालका पूर्वराजा ज्ञानेन्द्र शाह भने आइतबार पोखरा झरेका छन् । अबका दुई हप्ता उनले पोखरा आसपासमा बिताउनेछन् ।

ज्ञानेन्द्रलाई पोखरामा राजावादी दलका अलावा नागरिक स्वागत मूल समारोह समिति एवम् पश्चिमाञ्चलवासी नेपाली जनताको नामबाट पोखरामा स्वागत गरियो । यसको संयोजकत्वमा प्रा. डा. जगमान गुरुङ थिए ।

राजालाई स्वागत गरिसकेपछि उनले सामाजिक सञ्जालमा कृतज्ञता ज्ञापन गरेका छन् ।

“आज २०८१ माघ २७ गते आइतबार श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीरविक्रम शाहदेव सरकार र शाही परिवारका अन्य सदस्यज्यूहरूको स्वागतका लागि पोखरा विमानस्थलमा स्वस्फूर्तरूपले सहभागी हुनुभएका समस्त महानुभावहरूमा हार्दिक कृतज्ञता ज्ञापन गर्दछु,” उनले लेखेका छन ।

पोखरा विमानस्थलमा ज्ञानेन्द्रले न्यानो माया पाए । उनका समर्थकहरूले पूरानै नारा, ‘हाम्रो राजा, हाम्रो देश, प्राणभन्दा प्यारो छ’, ‘राजा आउ, देश बचाउन’का नारा लगाउन छुटाएनन् ।

ज्ञानेन्द्रले भने कुनै अभिव्यक्ति दिएनन् । उनी किन पोखरा आएका हुन् भन्ने पनि अहिलेसम्म रहस्यमै छ । तर, उनको सचिवालय र उनलाई स्वागत गर्ने पश्चिमाञ्चलवासीका तर्फबाट संयुक्त कार्यतालिका तय गर्ने तयारी भइरहेको छ ।

सचिवालयका एक सदस्यका अनुसार ज्ञानेन्द्रले पोखरा र आसपासका जिल्लाका शक्तिपीठहरूको दर्शन गर्नेछन् । नागरिक अभिनन्दन लगायतका विषय भने अहिले नै तय भइसकेको छैन । रूपाकोट रिसोर्टमा उनको बसाइँ हुनेछ ।

प्रकाशित मिति: आइतबार, माघ २७, २०८१  १९:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro