देश

काठमाडौं । काठमाडौंको दक्षिणकाली नगरपालिका–३, फर्पिङमा आइतबार भएको स्कुल बस दुर्घटनामा मृत्यु हुनेको संख्या दुई पुगेको छ ।
भन्ज्याङमा जुनकिरी इग्लिस स्कुलका करिब ५० विद्यार्थी बोकेको बस दुर्घटना भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक अपीलराज बोहराले जानकारी दिए ।
उनले विद्यार्थीको उद्धार गरी विभिन्न अस्पतालमा उपचारका लागि पठाइएको बताए । प्रहरी उद्धारकै क्रममा रहेको पनि उनले बताए ।
प्रकाशित मिति: आइतबार, माघ २७, २०८१ १९:२७
प्रतिक्रिया दिनुहोस्