site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
टाइम म्यागजिनले कभरमा राख्यो अमेरिकी राष्ट्रपतिको कुर्सीमा एलन मस्कको फोटो

काठमाडौं । अमेरिकी न्युज म्यागजिन टाइमले आफ्नो पछिल्लो संस्करणको कभर फोटोमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ठाउँमा एलन मस्कको फोटो राखेर प्रकाशित गरेको छ ।

राष्ट्रपतिको औपचारिक कार्यकक्ष भनिने ओभल अफिसको रिजोलुट डेस्कमा एलन मस्क बसेको कभरफोटो टाइम म्यागजिनले कभरमा राखेको हो ।

Dabur Nepal
NIC Asia

यसले वासिंगटनमा मस्कले कसरी प्रभाव पारिरहेको छ भन्ने संकेत गरेको आकलन गरिएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले मस्क नेतृत्वको सरकारी प्रभावकारिता विभागलाई विभिन्न विषयमा हेरफेर गर्नसक्ने शक्ति दिएको छ ।

राष्ट्रपतिको कुर्सीमा बसेका मस्कले हातमा कफी समातिरहेको फोटोमा छ ।

यस विषयमा शुक्रबार ट्रम्पलाई सोध्दा उनले ‘टाइम म्यागजिन अझै सञ्चालनमा छ र ? मलाई त थाहा थिएन,” भन्दै हास्यास्पद जवाफ दिएका थिए ।

ट्रम्प प्रशासनका मस्क संलग्न निर्णयहरूले पछिल्लोसमय उनको आलोचना हुन थालेको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ २७, २०८१  १६:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro