site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्रचण्डलाई गिरीको प्रश्न– सामाजिक सञ्जाल विधेयक अहिले घाँडो भयो ?

काठमाडौं । नेकपा (एमाले)का सांसद पदम गिरीले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई सत्ताबाहिर हुँदा सामाजिक सञ्जाल विधेयक घाँडो भयो भन्दै प्रश्न गरेका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा उनले माओवादीका तत्कालीन सञ्चारमन्त्री रेखा शर्माले नै विधेयक ल्याएको स्मरण गराए ।

यसअघि, माघ २४ गतेको संसद् बैठकमा प्रचण्डले विधेयकप्रति आपत्ति जनाएको छ ।

“पूर्वसञ्चारमन्त्रीले स्वयंले भन्नुभएको छ– सामाजिक सञ्जाल नियमन विधेयक मैले ड्राफ्ट गरेको हो । अहिलेको सञ्चारमन्त्रीले त अलिकति रंगरोहन गरेको हो । सबै मैले गरेको हो भनेर मिडियाका बीचमा बोलेको सुनेको हो । अहिले यही विधेयक घाँडो भयो ? सत्तामा रहँदा एउटा कुरा सत्ताबाट बाहिर जाँदा अर्को कुरा गर्ने ?,” उनको प्रश्न छ । 

उनले सरकारले ल्याएको अध्यादेशले देशवासी खुसी भएको दाबी गरे । उनले अध्यादेशको विरोध गरेर कसको सेवा गर्न खोजेको भन्दै प्रश्नसमेत गरे ।

गिरीले सामाजिक सञ्जालमा आएका काण्डहरूको विषय सबै छानबिन गर्ने हो भन्दै प्रश्न गरे । सामाजिक सञ्जालमा जनयुद्धको पैसा अमेरिकाको जुवा घरमा लगानी भएको छ भन्ने विषयमा छानबिन समिति बनाउने भन्दै प्रश्न गरे ।

प्रकाशित मिति: आइतबार, माघ २७, २०८१  १६:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro