site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
क्यान इन्फोटेकमा उपकरणदेखि आईटी कम्पनी, यस्ता छन् अनेकौँ छुट अफर
Tiktok banner adTiktok banner ad

काठमाडौं । भृकुटीमण्डपमा बिहीबारदेखि सूचना सञ्चार प्रविधि प्रदर्शनी ‘एचएमसी नेपाल हिक्सेमी क्यान इन्फोटेक २०२५’ जारी छ ।

क्यान इन्फोटेकको प्रदर्शनी स्थलमा विभिन्न प्रविधि कम्पनी तथा संघसंस्थाहरूले आफ्नो ब्रान्ड प्रवर्द्धनसँगै विशेष छुट र अफर घोषणा गरेका छन् ।

प्रदर्शनीमा इन्टरनेट सेवाप्रदायक, स्थानीय सफ्टवेयर, कम्प्युटर तथा एक्सेसरिज, आईटी ट्रेनिङ तथा इन्स्टिच्युट, स्टार्टअप तथा इनोभेसन, नेटवर्किङ प्रडक्टलगायत स्टल छन् ।

अफरमा शीर्ष प्रायोजक एचएमसी हिक्मेसीले वायरलेस क्यामेरामा २० प्रतिशत, हिक्सेमीका हरेक उत्पादनमा १५ प्रतिशत, मोनिटरमा २० प्रतिशत र यूपीएसमा १० प्रतिशत छुट दिइएको छ ।

सहशीर्ष प्रायोजक मर्कन्टाइल कम्युनिकेसन्सले एसर ब्रान्डका पछिल्ला ल्यापटप र डेस्कटपसँगै इप्सन ब्रान्डका प्रिन्टर र प्रोजेक्टरको विशेष प्रदर्शनी गरेको छ ।

त्यस्तै, गोल्ड स्पोन्सर गोल्ड स्पोन्सरमा नेबुला मोबिलिटीले चार्ज सकिँदा ब्याट्री नै फेर्न मिल्ने  गोगोरो स्कुटरमा काठमाडौं सहरभित्र १००० किलोमिटर निःशुल्क यात्रा गर्न सक्ने अफर दिएको छ ।

निःशुल्क टेस्ट ड्राइभका साथै लक्की ड्र अफर पनि छ ।

क्यान इन्फोटेकको इन्टरनेट पार्टनर वर्ल्डलिंक कम्युनिकेसन्सले आफ्ना ग्राहकलाई बोट एयरड्रप्स १८१ प्रो र बोट स्टोन ३५२ मार्बल सिरिजमा ५० प्रतिशत छुट दिएको छ ।

राइड हेलिङ प्लेटफर्म टुटलले क्यान इन्फोटेकमा आउने अवलोकनकर्ताका लागि बाइक र क्याब दुवैमा ६० प्रतिशत छुट प्रदान गरेको छ ।

एस पावर बीपीई प्राइभेट लिमिटेडले स्मार्ट बोर्डसहित यूपीएस, अटोमेटिक भोल्टेज रेगुलेटर, वाटरपम्पलगायतमा क्यान इन्फोटेक अवधिभर ४० प्रतिशतसम्म छुट घोषणा गरेको छ ।

क्यान इन्फोटेकमा स्वदेशी सफ्टवेयर कम्पनीले आफ्ना नयाँ उत्पादन सार्वजनिक गर्नुका साथै क्यान इन्फोटेक अवधिभर ३० प्रतिशतसम्म छुट घोषणा गरेका छन् ।

क्यान इन्फोटेकमा ‘कता हो’ नामक डिजिटल ठेगाना प्लेट प्रणालीमा प्रयोगकर्ताको आकर्षण देखिएको छ ।

यस प्लेटफर्मबाट केही मिनेटभित्रै नेपालका हरेक घरले आफ्नो घर ठेगाना प्लेट तयार गर्न सक्छ ।

इन्फोटेकमा कुल १५५ वटा स्टल छन् । इन्फोटेक सोमबारसम्म चल्ने महासचिव चन्द्रविलास भुर्तेलले बताएका छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ २७, २०८१  १४:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro