site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रधानमन्त्री ओलीले बोलाए संयन्त्रको बैठक 
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आह्वान गरेका छन् ।  साँझ  ५ बजे बालुवाटारमा बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । 

राष्ट्रियसभामा बहुमत नपुग्दा सरकारले ल्याएको अध्यादेश सदनमा निर्णयार्थ पेश हुन सकेको छैन । 

गएको माघ १८ गते ६ वटा अध्यादेश सदनमा पेश भएको थियो ।  अध्यादेशलगायतका विषयमा छलफल हुने जनाइएको छ । संयन्त्रमा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायत नेताहरु छन् ।
 

प्रकाशित मिति: आइतबार, माघ २७, २०८१  ११:४३
प्रतिक्रिया दिनुहोस्