site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेसपा (नयाँ शक्ति)को महाधिवेशन आजदेखि
बाबुराम भट्टराई । फाइल तस्बिर ।

काठमाडौं । बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को प्रथम राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदै छ । काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा आयोजित महाधिवेशन यही माघ २९ गतेसम्म चारी रहनेछ ।

महाधिवेशनमा एक हजार ५०० प्रतिनिधिले भाग लिने बताइएको छ । महाधिवेशनमार्फत ११ पदाधिकारीसहित ९९ सदस्यीय केन्द्रीय समिति चयन गरिनेछ ।

महाधिवेशनमा प्रवास सदस्यका निम्ति अनलाइन मतदानको व्यवस्था गरिनेछ । शनिबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा पार्टीकी नेत्री हिसिला यमीले यस्तो जानकारी दिएकी हुन् ।

उनले भारतमा रहने प्रवासी सदस्यलाई अनलाइनबाट मतदान गर्न पाउने व्यवस्था गरिएको बताइन् । पार्टीले समावेशिताको मर्मानुसार पदाधिकारी चयन गर्ने उनले जानकारी दिइन् ।

अध्यक्ष, महासचिव र कोषाध्यक्ष खुला प्रतिस्पर्धाका आधारमा छनोट गरिनेछ । उपाध्यक्ष समूहगत प्रतिस्पर्धाका आधारमा चयन गरिने उनले स्पष्ट पारिन् ।

सचिवमा महिलालाई प्राथमिकता दिइने र बाँकीलाई ‘फ्री इलेक्सन’को माध्यमबाट चयन गरिने उनले बताइन् ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, माघ २७, २०८१  १०:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro