site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मोदीले भने– राजनीति परिवर्तन गर्छु भन्नेहरू बेइमान निक्लिए

काठमाडौं । दिल्ली विधानसभा निर्वाचनमा भाजपाको जितपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आम आदमी पार्टी र कांग्रेसप्रति कटाक्ष गरेका छन् । राजनीति परिवर्तन गर्छु भन्दै यसमा होमिएकाहरू आफैँ कट्टर बेइमान साबित भएको उनले टिप्पणी गरे ।

“भ्रष्टाचार अन्त्यको मुद्दा लिएर जन्मेको पार्टी आफैँ भ्रष्ट साबित भयो । यो दिल्लीको भरोसामा धोका थियो,” मोदीले भने, “मदिरा घोटालाले दिल्लीलाई बदनाम गर्‍यो । त्यसमाथि अहंकार यति धेरै भयो कि जब विश्व कोरोनासँग लडिरहेको थियो, उनीहरू काँचको महल बनाउँदै थिए । तर, अब दिल्लीको जनादेश आयो ।”

उनले भ्रष्टाचारको छानबिन गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।

मोदीले भारतीय राष्ट्रिय कांग्रेसका बारेमा पनि बोले । उनले भने, “जनताले कांग्रेसलाई पनि कडा सन्देश दिएका छन् । दिल्ली चुनावमा कांग्रेसले शून्यको दोहोरो ह्याट्रिक गरेको छ । देशको पुरानो पार्टीले देशको राजधानीमा पछिल्लो ६ पटक खाता खोलेको छैन । उनीहरूले आफूलाई पराजयको स्वर्णपदक दिइरहेका छन् ।”

उनले अगाडि भने, “सत्य यो हो कि जनतालाई कांग्रेसमाथि भसोसा छैन । कांग्रेस आफैँ त डुब्छ नै, सहयोगीलाई पनि डुबाउँछ ।” बीबीसी हिन्दीबाट ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, माघ २६, २०८१  २०:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro