site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
केजरीवाललाई पराजित गर्ने को हुन् प्रवेश वर्मा ?

काठमाडौं । भारतको दिल्लीका पूर्वमुख्यमन्त्री अरविन्द केजरीवाल विधानसभा निर्वाचनमा पराजित हुनु आम आदमी पार्टीका निम्ति ठूलो झट्का मानिएको छ । उनी आम आदमी पार्टीका राष्ट्रिय संयोजक पनि हुन् ।

नयाँ दिल्ली सिटबाट उनले चुनाव हारेका छन् । उनी भारतीय जनता पार्टी (भाजपा)का उमेदवार प्रवेश वर्मासँग चार हजारभन्दा बढी मतान्तरले पराजित भएका त्यहाँका सञ्चारमाध्यमले जनाएका छन् ।

को हुन् केजरीवाललाई हराउने वर्मा ?
भारतीय सञ्चारमाध्यमका अनुसार, दिल्लीको राजनीतिमा केही समयदेखि केजरीवालविरुद्ध सबैभन्दा ठूलो आवाज बनेका व्यक्ति हुन्, प्रवेश वर्मा । उनी दिल्लीकै पूर्वमुख्यमन्त्री साहेब सिंह वर्माका छोरा हुन् । उनी यसअघि दिल्लीका सांसद पनि भइसकेका छन् ।

उनको छवि हिन्दु नेताका रूपमा छ । उनलाई योपटक भाजपाले केजरीवालविरुद्ध उमेदवार बनाएको थियो ।

प्रवेश वर्माको राजनीतिक जीवन
सन् २०१३ मा प्रवेश वर्माले महरौली निर्वाचन क्षेत्रबाट दिल्ली विधानसभा निर्वाचनमा प्रतिस्पर्धा गरे । र, भारतीय राष्ट्रिय कांग्रेसका वरिष्ठ नेता योगानन्द शास्त्रीलाई हराए ।

त्यसपछि उनी २०१४ मेमा लोकसभा सदस्यका रूपमा विजयी भए । २०१९ मा उनी फेरि एकपटक लोकसभा सदस्यका रूपमा निर्वाचित भए । उनी २०१३ विधानसभा निर्वाचनमा दिल्ली भाजपा चुनाव समितिको सदस्य पनि थिए ।

दिल्ली चुनावमा भाजपाले वर्मामाथि ठूलो विश्वास गरेको थियो । वर्मालाई प्रायः केजरीवालविरुद्ध कडा स्वरमा बोल्ने गरेको देखिन्छ । यो वर्षको लोकसभा निर्वाचनमा भाजपाले उनलाई टिकट दिएको थिएन । त्यसपछि पार्टीले उनलाई विधानसभाको नयाँ दिल्ली सिटबाट चुनावी मैदानमा उतारेको थियो ।

उनको जन्म सन् १९७७ नोभेम्बर ७ मा दिल्लीको हिन्दु जाट परिवारमा भएको हो । उनकी आमाको नाम रामप्यारी वर्मा हो । उनका एक भाइ र तीन बहिनी छन् ।

उनले दिल्लीकै किरोरी माल कलेजबाट स्नातकोत्तर उपाधि हासिल गरेका थिए । उनले अन्तर्राष्ट्रिय व्यापारमा एमबीए पनि गरे । व्यवसाय र व्यवस्थापन क्षेत्रमा समेत उनको राम्रो पकड छ ।

प्रवेश वर्माले स्वाती सिंहसँग विवाह गरेका छन् । उनका एक छोरा र दुई छोरी छन् ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, माघ २६, २०८१  १७:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro