site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
दिल्लीमा २७ वर्षपछि भाजपाको बहुमत 

काठमाडौं । भारतको दिल्लीमा २७ वर्षपछि भारतीय जनता पार्टी (भाजपा)ले सरकार बनाउने भएको छ । दिल्ली विधानसभा निर्वाचनमा भाजपाले २७ वर्षपछि बहुमत प्राप्त गरेको हो ।

शनिबार साँझ ५.२५ बजे (स्थानीय समय)सम्म भाजपाले दिल्लीका ४३ सिट जितेको छ । भाजपा पाँच सिटमा समेत अगाडि रहेको त्यहाँको निर्वाचन आयोगको वेबसाइटमा उल्लेख छ ।

दिल्लीमा सरकार बनाउन आवश्यक बहुमतको संख्या ३६ हो ।

सत्तारूढ आम आदमी पार्टीले २१ सिट जितेको छ । एक सिटमा उसको अग्रता पनि छ ।

सन् १९९८, २००३ र २००८ को विधानसभा निर्वाचनमा भारतीय राष्ट्रिय कांग्रेसले दिल्लीमा बहुमत प्राप्त गरेको थियो । र, सरकार बनाएको थियो ।

२०१३ मा दिल्लीमा कुनै पनि दलले बहुमत प्राप्त गरेनन् । तर, कांग्रेसको समर्थनमा आम आदमी पार्टीले सरकार बनाएको थियो । उक्त सरकार ४९ दिन मात्र टिकेको थियो ।

२०१५ मा आम आदमी पार्टीले दिल्लीमा ७० मध्ये ६७ सिट जित्यो । २०२० मा पनि आम आदमी पार्टीले ७० मध्ये ६२ सिट जितेर सत्तामा फर्किएको थियो । बीबीसी हिन्दीबाट ।

प्रकाशित मिति: शनिबार, माघ २६, २०८१  १९:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro