site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चीनमा पहिरोमा परी कम्तीमा ३० जना बेपत्ता, २०० विस्थापित
फाइल तस्बिर : रोयटर्स ।

छेन्दु । चीनको सिचुआन प्रान्तमा शनिबारको पहिरोमा १० घर पुरिँदा ३० जनाभन्दा बढी बेपत्ता भएका छन् । पहिरोस्थलबाट करिब २०० जनालाई सुरक्षित स्थानमा सारिएको छ ।

यिबिन सहरको जुनलियन काउन्टीस्थित जिनपिङ गाउँमा बिहान ११ः५० बजे पहिरो खसेको स्थानीय अधिकारीले बताएका छन् । चिनियाँ समाचार संस्था सीसीटीभीले स्थानीय अधिकारीलाई उद्धृत गरी लेखेको छ, “पहिरोले करिब १० घर पुरेको छ भने ३० जनाभन्दा बढी हराइरहेका छन् । पहिरोको जोखिम रहेको पहिरो वरपरको क्षेत्रबाट करिब २०० जनालाई सुरक्षित स्थानमा सारिएको छ ।”

घटनास्थलमा रहेका उद्धारकर्तालाई उद्धृत गर्दै सरकारी प्रसारकले भनेको छ, “समाचार तयार पार्दासम्म पहिरो अझै नरोकिएकोले पहिरो क्षेत्रमा नजान स्थानीय सर्वसाधारणलाई निर्देशन दिइएको छ ।”

चीनका राष्ट्रपति सी चिनफिङले अधिकारीहरूलाई ‘हराइरहेका व्यक्तिहरूको खोजी र उद्धार, हताहत कम र त्यसपछिको स्थितिलाई उचित तरिकाले व्यवस्थापन गर्न’ निर्देशन दिएका छन् ।

राष्ट्रिय आपत्कालीन व्यवस्थापन मन्त्रालयले एक अनलाइन पोस्टमा पहिरोबाट दुईजनाको सकुशल उद्धार गरिएको उल्लेख गरेको छ ।

अधिकारीहरूले उद्धार र राहत प्रयासलाई सहयोग गर्न तीन करोड युआन (४१ लाख अमेरिकी डलर) पनि विनियोजन गरिएको बताएका छन् । रासस/एएफपी

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शनिबार, माघ २६, २०८१  १९:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro