site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
टेबलटेनिसमा पूर्णशंकरलाई स्वर्ण पदक

काठमाडौं । गोड स्पिन टेबलटेनिस क्लबका पूर्णशंकर श्रेष्ठले प्रथम पुष्पराज शाक्य स्मृति टेबलटेनिस प्रतियोगितामा शुक्रबार स्वर्ण जितेका छन् ।

खोल्चा पुखु खेलकुद समितिको आयोजनामा शंखमूलस्थित इलेभन स्टार क्लबमा भएको भेट्रान ६० वर्षमाथि पुरुष एकल फाइनलमा पूर्णशंकरले सेहोपीका राजन सुब्बालाई ११–६, १०–१२, ११–९, ५–११ र १२–१० को सेटमा पराजित गर्दै स्वर्ण जितेका हुन् । सीवाइसीका खेलाडीद्वय आनन्द धाक्वा र रोशन प्रधान संयुक्त रूपमा तृतीय भए ।

Dabur Nepal

ललितपुर महानगरपालिका–११ को मुख्य प्रायोजना तथा स्पिन इभेन्ट प्रालिको व्यवस्थापनमा भइरहेको उक्त प्रतियोगितामा विभिन्न ६ स्पर्धामा १५० खेलाडी सहभागी छन् । प्रतियोगिताको कुल पुरस्कार राशि दुई लाख रहेको छ ।

पुरुष तथा महिला एकल खेलमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ३० हजार, १५ हजार र सात हजार पाँच सय पुरस्कार प्राप्त गर्नेछन् । बाँकी चार स्पर्धामा पहिलो हुनेले १० हजार, दोस्रोले पाँच हजार र तस्रोले दुई हजार पाँच सय पुरस्कार पाउने छन् ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ २५, २०८१  २२:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
CAN Banner adCAN Banner ad
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro