site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सबस्टेसनले लम्सीफेदीका जनता उठीवास हुने अवस्थामा पुगे : सांसद गौतम
फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसकी सांसद प्रतिमा गौतमले काठमाडौंको लम्सीफेदीका आन्दोलनकारी र जनप्रतिनिधिसँग वार्तामार्फत निकास निकाल्न माग गरेकी छन् । शुक्रबार प्रतिनिधिसभा बैठकमा उनले  बस्तीबीचबाट लगिएको विद्युत् सबस्टेसनले जनताको उठीवास हुने बताइन् ।

“प्रशस्त विकल्पहरू हुँदाहुँदै पनि मानव बस्तीबीचबाट लगिएको सबस्टेसनले त्यहाँका जनता उठीवास हुने अवस्थामा पुगेका छन्,” उनले भनिन्, “राज्यले नै अन्याय गरेको महसुस त्यहाँका जनताहरू गर्न थालेका छन् । आज प्रशासन र नागरिकबीच भएको द्वन्द्वले त्यस क्षेत्र रणभूमिमा नै परिणत भइरहेको छ ।”

उनले जनताको भावनालाई बुझ्ने कोसिस नगरी बल प्रयोग गरी गरिने विकास कार्यले कसरी राहत दिन सक्छ ? भन्दै प्रश्न गरिन् । “विकासलाई जनता स्वयंले आत्मसात् गर्न पाउनुपर्छ । सरकारले जनताको आवाजलाई बेवास्ता गरी उम्कन हुँदैन,” उनले भनिन् ।
 

प्रकाशित मिति: शुक्रबार, माघ २५, २०८१  १४:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro