कला
![युट्युब ट्रेन्डिङमा चलचित्रका गीत र ट्रेलर](https://12khari.top/uploads/posts/Youtube logo1640255398.png)
काठमाडौं । युट्युब ट्रेन्डिङमा चलचित्रका गीत र ट्रेलर शीर्षस्थानमा छन् ।
युट्युबको म्युजिक सेक्सनमा चलचित्र ‘फेरि रेशम फिलिली’को गीत ‘फेरि जालमा’ एक नम्बर ट्रेन्डिङमा छ ।
मुभी सेक्सनको एक नम्बर ट्रेन्डिङमा ‘दुखी आत्मा’को ट्रेलर छ । दीपेन्द्र लामाले निर्देशन गरेको चलचित्र ‘दुखी आत्मा’मा दयाहाङ राई र आँचल शर्मा मुख्य भूमिकामा छन् ।
यो चलचित्र फागुन २ गते रिलिज हुँदै छ ।
‘फेरि रेशम फिलिली’लाई निरोज महर्जनले निर्देशन गरेका छन् । विनय श्रेष्ठ र सुपुष्पा भट्ट मुख्य भूमिकामा छन् । चलचित्र फागुन १४ गते रिलिज हुँदै छ ।
प्रकाशित मिति: शुक्रबार, माघ २५, २०८१ १३:१४
प्रतिक्रिया दिनुहोस्