site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
फियोरेन्टिनासँगको हारले इन्टर शीर्ष स्थानमा उक्लिनबाट वञ्चित

काठमाडौं । फियोरेन्टिनासँग ३–० को हार व्यहोरेपछि इन्टर मिलान इटालियन सिरी ‘ए’को शीर्ष स्थानमा उक्लिनबाट चुकेको छ ।
 
बिहीबार राति फियोरेन्टिनाको मैदानमा घरेलु टिमलाई जित दिलाउन मौयस केइनले दुई र लुका रानेरीले एक गोल गरे । फियोरेन्टिनाले तीनै गोल दोस्रो हाफमा गरेको हो ।

५९औँ मिनेटमा रानेरीको गोलमा फियोरेन्टिनाले अग्रता बनाएको थियो । ६८औँ मिनेटमा केइनको गोलमा फियोरेन्टिनाले अग्रता दोब्बर बनायो । खेलको निर्धारित समय सकिन एक मिनेट बाँकी रहँदा केइनले गोल गरेपछि फियोरेन्टिनाले ३–० को जित पक्का गरेको हो ।

यी दुई टिमबीचको खेल १७औँ मिनेटदेखि सुरु भएको थियो । गएको डिसेम्बरमा फियोरेन्टिनाका एडोर्डो बोभ मैदानमै ढलेपछि खेल स्थगन गरिएको थियो । सोही कारण गए राति खेलको सुरुआत १७औँ मिनेटबाट गरिएको हो ।

जितसँगै २३ खेलबाट ४२ अंक जोडेको फियोरेन्टिना तालिकाको चौथो स्थानमा उक्लिएको छ । समान खेलबाट ५१ अंकको इन्टर दोस्रो स्थानमा छ । सिरी ‘ए’को शीर्ष स्थानमा आसीन नापोलीको २३ खेलबाट ५४ अंक छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ २५, २०८१  ०९:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
प्रतिगमनको दिवास्वप्न नदेख !
प्रतिगमनको दिवास्वप्न नदेख !
Hamro patroHamro patro