site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
शेरा दरबार र क्यान्टोनमेन्टमा आफूमाथि छानबिन गर्न प्रचण्डको चुनौती 

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले नुवाकोटको शेरा दरबारमा प्रकरणमा आफूलाई जोड्न सकिन्छ कि भनेर प्रधानमन्त्री नै लागेको दाबी गरेका छन् । आजको प्रतिनिधिसभा बैठकमा उनले प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकको पनि चासो रहेको सुनाए ।
 
“नुवाकोटको शेरा दरबारमा कतै न कतै प्रचण्डलाई जोड्न सकिन्छ कि ! जोड्न नसके पनि प्रचण्डलाई बदनाम गर्न सकिन्छ कि भनेर सरकारले धेरै मिहिनेत ग(यो,” उनको दाबी छ, “प्रधानमन्त्रीजी आफैँ लागेको थाहा छ । सरकार खोजिरहेको छ, एउटै पनि अपराध भेटिँदैन प्रचण्डको त !”

उनले सबै नेता उस्तै हुन् भन्ने भाषा मञ्जुर नभएको बताए । शेरा दरबारमा आफू जोडिए छानबिन गर्न उनले चुनौती दिए । 

“शेरा दरबारमा मेरो नाम जोडिन्छ भने मबाटै छानबिन गर्नुस् । बेला–बेला क्यान्टोनमेन्ट भनेर गीत गाएको सुन्छु । छानबिन गरे भयो त,” प्रचण्डको भनाइ छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, माघ २४, २०८१  १५:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro