site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
गोर्खाबाट तुलसी घिमिरेको ‘पहाड’को छायांकन सुरू

काठमाडौं । निर्देशक तुलसी घिमिरेको निर्देशनमा तयार हुने चलचित्र ‘पहाड’को छायांकन सुरु भएको छ । गोर्खा दरबारमा मंगलबार पूजा गरेपछि मुहूर्त सट दिएसँगै चलचित्रको छायांकन सुरु भएको हो । 

अभिनेता मदनकृष्ण श्रेष्ठ, अरुण क्षेत्री र डेब्यु अभिनेत्री पञ्चमी घिमिरेले मुहूर्त सट दिएका थिए । 
 
युवा जनशक्ति विदेश पलायन हुँदा खाली भएका पहाड र यसले ल्याउने सामाजिक र आर्थिक समस्याको कथामा यो चलचित्र बन्न लागेको हो । 

चलचित्रको कथा पनि निर्देशक घिमिरेले नै लेखेका छन् । चलचित्रको छायांकन गोर्खा आसपासमा २५ दिन र भारतमा १५ दिन हुनेछ ।
 
चलचित्रमा विपीन कार्की, सुनील थापा, प्रियंका कार्की, रवीन्द्र सिंह बानियालगायत कलाकारले अभिनय गर्दैछन् । 

प्रकाशित मिति: बुधबार, माघ २३, २०८१  ०८:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro