site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad

सरकारसँग वार्ताको तयारी गर्दागर्दै पनि पाथीभरा केबलकार योजना विरोधी समूहले ‘बन्द’ आह्वान गरेर पूर्वी नेपाल विशेषगरी पहिलेको मेची अञ्चलको जनजीवन अस्तव्यस्त बनाएको छ । सडकहरू जबर्जस्ती बन्द गराइएका छन् भने बजार र उद्योगहरूमा पनि बन्दको प्रभाव परेको देखिन्छ । 

ताप्लेजुङ्स्थित पाथीभरा देवीको मन्दिरसम्म जान केबलकार बनाउने निजी क्षेत्रको योजनाको विरोधमा स्थानीयहरूले आन्दोलन थालेका थिए । त्यही क्रममा झडप हुँदा गत १० गते सशस्त्र प्रहरीले चलाएको गोली लागेर गम्भीर घाइते भएका तीन जना आन्दोलनकारीको उपचार भइरहेको छ । 

प्रहरी दमनको विरोधमा आन्दोलनकारीहरूले माघ १४ गतेदेखि मेची राजमार्ग र तमोर करिडोरमा यातायात सञ्चालन गर्न रोकेका छन् । यही क्रममा आइतबार अरुण पूर्वका ९ जिल्ला बन्दको आह्वान गरिएको थियो । बन्दका कारण सर्वसाधारण जनताको जनजीवन अस्तव्यस्त भएको हो ।

पाथीभरा देवीको मन्दिरसम्म पुग्ने केबलकार निर्माण गरिनु उचित हो कि होइन भन्नेमा विवाद हुनसक्छ । स्थानीय सांस्कृतिक, सामाजिक र केही हदसम्म आर्थिक जनजीवनमा पनि केबलकार निर्माणबाट प्रतिकूल प्रभाव पर्नसक्छ भन्ने आन्दोलनकारीहरूको सन्हेदलाई उपेक्षा गर्न मिल्दैन । 

सरकार र आन्दोलनकारीबीच वार्ताका लागि समितिहरू बनेका छन् । स्थानीय जनताका उचित मागहरूको सम्बोधन गरिनु पनि पर्छ । पाथीभरा देवी सबैकी भए पनि त्यस क्षेत्रको विकास र प्राकृतिक स्रोतमा मूल अधिकार भने स्थानीय जनताकै हुन्छ भन्ने बिर्सन मिल्दैन ।

यसरी नै बिर्सन नमिल्ने सत्य के पनि हो भने आन्दलनको पक्ष वा विपक्षमा लाग्ने वा कतै पनि नलाग्ने अधिकार त्यहाँका नागरिकको हुन्छ । कुनै पनि आन्दोलनमा कसैलाई पनि जबर्जस्ती घिसार्न पाइँदैन । कसैले बलजफ्ती गरेमा त्यो प्रचलित कानुनअनुसार दण्डनीय फौजदारी अपराध मानिन्छ । 

यसैले अरूण पूर्वका ९ जिल्ला बन्द गराउने कार्य पनि आन्दोलनको सही अभ्यास होइन । अरूको स्वतन्त्रतामा अतिक्रमण गर्ने आन्दोलनकारीको राज्यसँग न्याय माग्ने नैतिक अधिकार हुँदैन । यसैले पाथीभरामा ‘नो केबलकार’ आन्दोलनरतहरूले गरेको बन्दको आह्वान अनुचित हो ।


शान्तिपूर्ण आन्दोलनका अरू पनि अभ्यासहरू हुन्छन् । नेपाली समाजले ‘बन्दको आह्वान’ लाई अवज्ञा गरे भौतिक आक्रमण सहनुपर्ने अर्थमा बुझेको छ । यसैले बन्द जति सफल भएको देखिन्छ त्यसप्रति जनतामा उत्तिकै वितृष्णा बढ्ने गरेको हुन्छ । 

बन्दबाट जनताले भोग्नुपरेको सास्ती र क्षतिको निम्ति आह्वानकर्ताहरूले जनसाधारणसँग क्षमायाचना  गर्दै तत्काल बन्द फिर्ता लिनु उचित हुनेछ । यस्तै, बन्दको अभ्यासलाई निरुत्साहित गर्न समाजले पनि बन्द आह्वानको सामूहिक बहिष्कार गर्नुपर्छ । सही रहने हो भने बन्दको अत्याचार कहिल्यै बन्द हुनेछैन ।   
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ २२, २०८१  १२:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro