site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गण्डकी प्रदेशसभाबाट शोक प्रस्ताव पारित

पोखरा । गण्डकी प्रदेशसभाको सोमबारको बैठक शोक प्रस्ताव पारित गरेर सकिएको छ । सोमबारैदेखि गण्डकी प्रदेशसभाको हिउँदे अधिवेशन सुरु भएको हो ।

बैठकमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश निजामती सेवा ऐन, २०७९ संशोधन गर्न बनेको अध्यादेश टेबल गरे ।

त्यसपछि प्रदेशसभा सदस्य विमला गौचनको निधनमा शोक प्रस्ताव पारित गरेर बैठक स्थगन गरिएको हो । सभामुख कृष्ण धितालले अर्को बैठक माघ ३० गते बस्ने जानकारी गराए ।

गण्डकी प्रदेशसभामा सांकेतिक भाषाको दोभासे व्यवस्था गरिएको छ । सांसद सुनीता थापाको सहजताका निम्ति प्रदेशसभा सचिवालयले दोभासेको व्यवस्था गरेको हो ।

प्रदेश सांसद विमला गौचनको निधनपछि मनोनीत सदस्य थापा श्रवणविहीन भएका कारण सचिवालयले ज्यालादारीमा दोभासे राखेको छ । समानुपातिक सदस्यमा मनोनीत थापा सोमबार पहिलोपटक प्रदेशसभा बैठकमा सहभागी भइन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ २१, २०८१  १५:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro